आफनो पार्टीमा रहदा चर्चा नकमाएका माधव नेपाल पार्टी बिघटन पश्चात निकै चर्चामा रहँदै आएका छन् । माधव नेपाल तथा उनी निकट नेताहरु कहीले चर्चामा आउन काम गर्छन त कहीले उनको कामले समेत चर्चा हुने गरेको छ ।
यतीखेर उनको एक अभिव्यत्तिले सामाजीक सन्जालमा निकै चर्चा कमाईरहेको छ । काठमाडौंमा शुक्रबार अखिल नेपाल महिला भेला तथा प्रशिक्षण कार्यकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली लार्ई पूर्वराजा ज्ञानेन्द शाहको निवासमा पुगेर गठबन्धनको प्रस्ताव गरेको आरोप लगाएको छन् । अध्यक्ष नेपालले सत्तारुड गठबन्धनलाई तोड्न केपी ओली लागीरहेकको बताएका हुन् । निर्वाचनमा गठबन्धन आवद्व दलहरुबिच तालमेल गरेर अधि बढ्ने बताउँदै उनले गठबन्धन बाहीरका बिचार मिल्ने दलहरु पनि तालमेल गर्न प्रस्ताव आएको जानकारी गराए ।
त्यसैगरी नेपालले आफ्नो पार्टी प्रतीको तीब्र आर्कषण देखेर विरोधी पक्षले होस गुमाएको र विरोधीहरुको मानसिक सन्तूलनमा गहीरो असर परेको समेत बताएका छन् ।
Post Views: 250