विराटनगर । बालकको हत्या गरेको आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय विरेन्द्र पासवान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
प्ररीका अनुसार डिल्ली बहादुर माझीको छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निक्लिएका थिए । तर उनी फर्किएर नआएछि खोजतलास थालिएको थियो ।
फागुन १७ गते प्रहरीले बालकको हत्या गरी स्थानिय पोखरीको डिलमा गाडेको भन्ने सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलील उत्खनन् गर्दा बालकको शब फेला परेको थियो ।
बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै घटनाको अनुसन्धानको क्रममा दुईजना पक्राउ परेका हुन् । बालक हत्याको आरोपमा पक्राउ परेका उनिहरूविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Post Views: 1