विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो ।
आज शनिबार कलेज परिसरमा गरिएको कार्यक्रममा नृत्य र गायन प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कलेजले अगाडि आयोजना गरिसकेका कविता, निबन्ध, चित्रकला, हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगीताहरूको समेत पुरस्कार वितरण गरिएको थियो । पुरस्कार भानु उच्च मा.विका अध्यक्ष महेन्द्र सिटौला, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना, प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, प्राचार्य मोहन कुमार श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

उद्यमशीलता विकास तथा प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरुले विभिन्न स्टलहरू राखेका थिए । विद्यार्थीहरू आफैँले विभिन्न परिकार वनाएर स्टलमा राखेर बिक्री गरेका थिए । यसैगरी स्टलमा खेलहरू तथा विज्ञान प्रविधि प्रदर्शनी समेत समावेश गरिएको थियो । कलेजका प्रा.डा देबेन्द्र अधिकारी,ले अवको आवश्यकता प्रयोगात्मक शिक्षा भन्ने विषयमा आफ्ना गहन विचार राखेका थिए ।

विद्यार्थीहरुलाई व्यवसायमा अग्रसर गराउन र उनीहरुको उद्यमशीलता र क्षमता विकास होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका को अर्डिनेटर रमेश पाण्डेले बताए । साथै अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पढाइसँगै अन्य कुरामा अग्रसर गराउन कलेजले हरेक बर्ष विद्यार्थीहरुलाइ सम्मान गर्ने गरेको पाण्डेले बताए ।

कार्यक्रमको अवसरमा गत बर्षको कक्षा ११ को बार्षिक परिक्षमा छात्र तर्फ प्रथम निसान्त पाण्डे र छात्रा तर्फ प्रथम पुजा चौधरिलाई सम्मान गरिएको थियो । यसैगरी कलेजकी पुर्व विद्यार्थी तथा भानु कलेजबाट विद्यावारिधी गर्ने पहिलो विद्यार्थी उप प्रध्यापक सुभाङगी सुवेदिलाई विशेष सम्मान गरिएको थियो । उनले कोरियाको जोनबुक नेशनल युनिभर्सिटिबाट विद्यावारिदी गर्ने क्रममा गरेको अनुसन्धान र रसायनशास्त्र अनुसन्धानको क्षेत्रमा गरेको योगदानको कदर गर्दै युनेस्को अन्तर्गतको सँस्था ट्वासले ५० हजार अमेरिकी डलर राशीको अन्तरास्टिय महिला पुरस्कार प्रदान गरेको थियो ।

भानु उच्च मा.विका अध्यक्ष महेन्द्र सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना प्रमुख अतिथिका रुपमा रहेका थिए भने प्रदेश परिक्षा व्यावस्थापन कार्यालयका निमित्त निदेशक युवराज पौडेल, तथा शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख टंक गौतम विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा प्रिन्सिपल मोहन कुमार श्रेष्ठ, सस्थापकहरु प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद शाह, डा. राम प्रसाद कोइराला, डा.नरेन्द्र कुमार चौधरी, नविन गौतम, राजेश झा, शमसाद अन्सारी, विराटनगर प्याव्सनका उपाध्यक्ष अर्जुन श्रेष्ठ, प्रत्रकार साहित्यकार मीनकुमार नवोदित, कलेजका इसिए को अर्डिनेटर देवेश प्रधान लगायत पाँच सय बढी विद्यार्थीहरुको सहभागी रहेको थियो । भानु कलेजका संस्थापक तथा को अर्डिनेटर रमेश पाण्डेले कार्यक्रम संचालन गरेका थिए ।
