बिर्तामोडमा पहिलो पटक छाला सम्बन्धी क्लिनिक सञ्चालन

बिर्तामोडमा पहिलो पटक छाला सम्बन्धी क्लिनिक सञ्चालन

 राष्ट्रिय डेली

विराटनगर । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज आइतबार देखि सञ्चालनमा आएको हो ।
क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँले गरेकी छन् ।

साताको एक दिन हरेक आइतबार डाक्टर रिती आचार्यले सेवा दिने गरि बिर्तामोडमा क्लिनिक सुरु गरिएको र सेवाग्राहीको चाप बढ्दै गए विशेषज्ञ डाक्टरको दैनिक सेवा उपलब्ध गराउने अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।
दमकमा विगत ८ वर्ष देखि डेल्फि स्किन केयर हस्पिटल सञ्चालनमा रहेको छ । पूर्वका बिरामीहरूलाई सहजता प्रदान गर्न बिर्तामोडमा उक्त हस्पिटल अन्तरगतको क्लिनिक बिर्तामोडमा सुरु गरिएको व्यवस्थापक मीना ढुङ्गानाले जानकारी दिइन ।

क्लिनिकमा ओपीडी सेवा अन्तरगत छाला रोग, छालाको अप्रेसन र अनुहार तथा सौन्दर्य सम्बन्धी उपचार तथा परामर्श प्रदान गरिने डाक्टर रिती आचार्यको भनाइ छ ।

छाला रोगमा नङ, कपाल, चायाँ, कुष्ठरोग, छाला अप्रेसनमा मासु पलाएको, छाला मोटो भएको, मुसा पलाएको, डन्डिफोर, लुतोलगायतका समस्याको उपचार हुने र सौन्दर्य तर्फ चाउरीपना मिलाउने, छाला तन्काउने, सेतोदुबी लगायतका समस्यालाई फोटो थेरापीको माध्यमबाट उपचार हुने र अप्रेसन गर्नुपर्ने विरामको लागि धरान स्थित घोपा क्याम्प सँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।

बिर्तामोडमा धेरै अस्पतालहरू रहेपनि छाला सम्बन्धी छुट्टै विभाग नभएको र अब यस क्लिनकबाट सहज रुपमा छालाका रोगीहरूले सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

adv-single
सम्बन्धित समाचार

विराटनगरमा 'ट्युबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'ट्युबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड ट्युबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...