ईआईए स्वीकृत नगराई रंगशालाको काम १० हजार जरिवाना तिराएर निर्माणलाई निरन्तरता

ईआईए स्वीकृत नगराई रंगशालाको काम १० हजार जरिवाना तिराएर निर्माणलाई निरन्तरता

 राष्ट्रिय डेली

विराटनगर । वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन नै स्वीकृत नगराएको खुलेको छ । कर्णाली प्रदेश
खेलकुद परिषद्ले सम्बन्धित प्रदेश मन्त्रालयबाट ईआईए स्वीकृत नगराई काम अघि बढाएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला । तस्बिर स् हरिहरसिंह राठौररकान्तिपुर
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत नै नगरी काम गरेको पाइएपछि खेलकुद परिषद्लाई गत फागुन ११ मा जरिवाना तोक्दै पत्राचार गरेको थियो । परिषद्ले रंगशाला निर्माणमा क्षेत्रगत सर्त सूची टीओआर प्रतिवेदन लाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ईआईए भन्दै झूटो विवरण पेस गरी काम अगाडि बढाएको पाइएपछि मन्त्रालयले प्रदेश वातावरण संरक्षण ऐन २०७७ को दफा ३४ ९ग० बमोजिम १० हजार जरिवाना तोकेको थियो । विवाद भएपछि परिषद्ले जरिवाना तिरेर कामलाई निरन्तरता दिएको छ ।

 

ईआईए प्रतिवेदन पूरा गरी वन मन्त्रालयबाट स्वीकृति लिएर मात्र निर्माण सुरु गर्नुपर्नेमा कानुनविपरीत अगाडि बढेको निष्कर्षमा मन्त्रालय पुगेको हो । परिषद्ले २०७८ भदौ १८ मा मन्त्रालयमा बुझाएको टीओआर प्रतिवेदनलाई ईआईए बताएको थियो । जबकी ईआईए गर्नुपूर्व त्यसको टीओआर निर्धारण गरी स्वीकृति लिनुपर्छ । प्रदेश वातावरण संरक्षण ऐनमा प्रदेश सरकारका प्राथमिकता प्राप्त विकास आयोजना, प्रदेश गौरवका आयोजना, औद्योगिक प्रतिष्ठानलगायत क्षेत्रमा निर्माण सुरु हुनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोहीबमोजिम ईआईए प्रतिवेदन मन्त्रालयमा पेस भएको ३० दिनभित्र स्वीकृति दिने वा नदिने निर्णय भइसक्नुपर्छ ।

सामाजिक विकास मन्त्रालयले रंगशालाको ईआईए रिपोर्ट गत असार २८ मा पठाएको र वन मन्त्रालयले कानुनले तोकेको समय सीमाभित्र अध्ययन गरी जवाफ मागेकोमा परिषद्बाट पुस ६ मो अन्तिम जवाफ आएपछि ईआईए प्रतिवेदन पारित हुने अवस्थामा पुगेको थियो । परिषद्ले सामाजिक विकास मन्त्रालय हुँदै गत पुस ६ मा वन मन्त्रालयमा अन्तिम प्रतिवेदन पेस गरेको थियो । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि थप राय सुझाव लिन ७ दिनको समय दिएर गत पुस १८ मा मन्त्रालयको वेबसाइटमा राखेको थियो । त्यसपछि माघ २९ मा ईआईए प्रतिवेदन पारित गरेको थियो । जब कि रंगशालाको निर्माण २०७८ मंसिरमा सुरु भइसकेको थियो ।

वीरेन्द्रगर–८ स्थित निर्माणाधीन रंगशालाको झन्डै ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । २०८१ जेठ ११ भित्र निर्माण सम्पन्न गरिसक्ने कार्यादेशसहित १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा एमएसीरजीएसएल कम्पनीले ठेक्का पाएको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला पौडी पोखरी, भलिबललगायतका इन्डोर खेलको सुविधासहित अत्याधुनिक प्रविधिमा निर्माण भइरहेको हो ।

adv-single
सम्बन्धित समाचार

२१ महिनापछि सरकारको नेतृत्व देउवालाई दिन्छु : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्। दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई...

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...