आप्रवासीको समस्या समाधानका लागि पोर्चुगलमा सहायता कक्ष संचालन

आप्रवासीको समस्या समाधानका लागि पोर्चुगलमा सहायता कक्ष संचालन

 राष्ट्रिय डेली

युरोप – युरोपेली मुलुक मध्य अहिले धेरै नेपाली को रोजाइ पोर्चुगल हुने गरेको छ ।कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगाएत आप्रवासीका लागि अलि बढी उद्घारतावादी देखिएको छ ।पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेकाछन । तर यहाको भौगोलिकता,भाषा लगाएत कागजी प्रक्रिया बारे राम्रोसँग ज्ञान् नहुदा धेरै नेपाली लगाएत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको छ ।नेपाली लगाएतका आप्रवासी को समस्या मा मलहम लगाउने काम अहिले पोर्चुगलमा स्थापना गरिएको सहायता कक्ष (Help Desk In portugal ) ले गरिरहेको छ ।यसको स्थापना संगै धेरै भन्दा धेरै नेपाली लगाएत आप्रवासीले सास्ती पाउन बाट मुक्ति पाएकाछन ।
सहायता कक्ष (Help Desk In portugal) को स्थापना कसरी भयो त ?
नेपाल मा सूचना प्रबिधि अध्यन गरेर स्वदेशमा नै केहि गर्छु भन्ने उधेश्य राखेका बिक्की आफ्नो पढाइ को उचित कदर नहुने देखेर करिब दश बर्ष अघि युरोप छिरे। युरोप को प्रचलित देश पोर्चुगल पुग्दा  सुवेदीले सुरुवाती दिनमा धेरै  समस्या भोगे।आफन्त को भरोसामा पोर्चुगल पुगेका सुवेदी उनै आफन्तको सहयोग पाउन बन्चित भएको बताउँछन् ।आफन्तले सहयोगको नाममा अन्तरघात गरे पछि बिचलित भए पनि हिम्मत भने नहारेको उनको अनुभव छ ।उनी भन्छन् म भगवान मान्छु सम्झिए एउटा बाटो बन्द भएपनी अरु बाटो उनै भगवानले देखाउछन यहि आसा राखेर म आफ्नो कर्म गर्न थाले ।यो बिचमा मैले कति समस्या र बाधा झेले भन्ने साध्य  छैन  त्यसैले एउटा अठोट गरे मैले जति दु:ख भोग्नुपरे पनि  अब आउने नेपाली दाजुभाइ तथा दिदीबहिनी लगाएत का आप्रवासीले  मेरो जस्तो समस्या बेहोर्नु नपरोस म समाधान को सारथि बन्न सकु भन्ने सोचाइ आयो मेरो मनमा उनी भन्छन्  ।यस्तै सोचाइ ले मेरो दिमागमा सहायता कक्ष को भाव आयो र यसको जन्म  भएको हो ।
सहायता कक्ष अहिले नेपालीहरुको सहाराको सारथी मात्र होइन पोर्चुगलमा रहेका आप्रवासीको भरोसा बनेको छ  । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुबेदि अहिले भने समस्यामा परेका नेपालीहरुका साथै अन्यका लागि समेत मलहम भएका छन् ।
पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल छिरेका  उनी अहिले नेपालीहरु मध्य  सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो “powerful Prism LDA नामक कृषि कम्पनी स्थापना गरेर संचालनमा ल्याएका छन । सोही कम्पनीमा विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् । यसका अलावा सामाजिक सेवामा समेत लागेका  सुवेदी को समुहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तीलाई रोजगारी दिएको छ  ।
उनले पोर्चुगलमा स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था अहिले एकदमै चर्चामा रहेकोे छ किनभने  नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी त छदैछ साथै अन्य आप्रवासीको लागि समेत सो संस्थाले सहयोग गर्ने गरेको  छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको  त्यहा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरुले नै बताउने गरेका छन्   ।
एनआरएनए क्षेत्रिय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका सुबेदिले हेल्प डेक्स इन पोर्चुगल  संचालनमा ल्याएर अफ्ट्यारो परिस्थिति मा रहेका सम्पुर्ण आप्रवासीलाई सजिलो माध्यमबाट सेवा दिने गरेको बताए ।  पैसा कमाउने र सम्पन्न हुने र स्थायी रुपमा बसोबास गर्ने  सपना बोकेर पोर्चुगल पुगेका विभिन्न देशका आप्रवासीहरु सुरुवाती दिनमा धेरै नै समस्या मा पर्ने गरेका छन ।कारण हो सहयोग गर्ने नाममा दैनिक रूपमा दलालले सिधा सोझा ब्यक्तिहरुलाइ सहजै फसाउने गरेका धेरै उदाहरण छन  ।बिश्वास गरेर काम गरिदिने बहानामा धेरै नेपाली लगाएत  आप्रवासीले दुख नपाउन भन्ने उदेश्य राखेर सुबेदीले हेल्पडेक्स इन पोर्चुगल को स्थापना गरेको बताए ।उनले सोही  संस्था मार्फत उचित रकम लिएर सम्पुर्ण आप्रवासी को  पेपर को काम गरिदिने गरेको बताए ।उनले भने संस्थाले कुनैपनि आप्रवासीलाई छुट्टाउदैन यहासम्म आएर संस्थालाई बिश्वास गरेर काम गरिदिन आग्रह गर्ने सम्पुर्णको काम सरल र सहज तरिकाले गरिदुन्छौ ।कसैलाई पनि समस्या नहोस भनेर नै हामिले सहायता कक्षको स्थापना गरेका हौ सबैलाई सम्मान भावनाले कदर गरेर काम गरिदिरहेका छौ र आगामी दिनमा अझै उद्वारताका साथ काम गर्ने जमर्को गरिरहेको उनको भनाइ छ ।युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरु लगाएत अन्य देशहरुका ब्यक्तिहरुको रोजाई यो देश हुने गरेको छ  ।त्यसैले अहिले धेरै आप्रवासीको चाप बढेको सुबेदिले बताए ।
पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषा रहेको छ  । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर हुन्छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाब दिन्छन्  ।
अर्कोतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रकृया जथाभावि हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताईदिने र सोही अनुसार आप्रबासीहरुले काम गर्ने   कारण धेरैले समस्या भोग्नु नपरोस भनेर नेपाली तथा आप्रबासीहरुलाई  सक्दो सहयोग ‘हेल्प डेक्स इन पोर्चुगल’ ले गरिरहेको छ ।हेल्प डेक्स इन पोर्चुगल’को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्थाले चौबीसै घन्टा सेवा दिने गरेको छ । हेल्प डेक्स इन पोर्चुगल ले हाल अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने , फिानान्सका सोसल अफिसका सम्पूर्ण कामहरु सहज रुपमा गराउने , बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्ने लगाएत परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको सुबेदिले बताए ।यदि कोही पनि नेपालीहरु पोर्चुगल आउदै हुनुन्छ भने एकपटक हेल्प डेक्स इन पोर्चुगल संग समन्वय गरेर मात्र आउन उनले सुझाव दिए ।किनभने यहाँ आइसकेपछी समस्यामा पर्नु भन्दा आउनु अगाडि सम्पुर्ण प्रक्रिया बुझाउन समेत हेल्पडेक्स ले सहयोग गर्दै आएको उनले बताए ।

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...