एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

 राष्ट्रिय डेली

 

विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।

आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । उहाँले भन्नुभयो, “यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेका थिए । कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार दुई सय २७ जना रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।”

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ छोराछोरीले जापानबाटै परीक्षा दिँदै छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एउटा शैक्षिक संस्थाबाट उनीहरु एसइई परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए । चैत २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...