विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो ।

पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने ३ सय ६४ जना विद्यार्थीहरुलाई विदाई गरेको छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद गौतम, प्रिन्सिपल खेमराज भट्टराइ, शिक्षा विकास तथा समन्वय इकाइ मोरङ प्रमुख टंकप्रसाद गौतम लगायतले माला र टिका लगाइदिएर विद्यार्थीहरुलाइ शुभकामना तथा विदाइ गरेका थिए ।

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको पोखरिया विद्यालयका प्रिन्सिपल खेमराज भट्टराइले विद्यार्थीहरुलाइ उच्च शिक्षा अध्ययनका लागि शुभकामना दिँदै सक्षम, क्षमतावान र दक्ष बनि देशका विभिन्न क्षेत्रमा योगदान गर्न विद्यार्थीहरुलाइ आग्रह समेत गरेका थिए ।
कार्यक्रमकै अवसरमा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुले नृत्य र गायन समेत प्रस्तुत गरेका थिए । साथै कक्षा १२ का विद्यार्थीहरुले विद्यालय अध्ययनका क्रममा आफुसंग भएका अनुभवहरु समेत ब्याक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षाविकास तथा समन्वय इकाइ मोरङ प्रमुख टंकप्रसाद गौतम प्रमुख अतिथिका रुपमा रहेका थिए । त्यसै गरिनोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्डियो डिपार्ट प्रमुख डा. राजेश नेपाल,एनआइसि एसिया बैंकका ब्रान्च म्यानेजर अंकित रेग्मिी,विद्यालय ब्यावस्थापन समिति सदस्यहरु राजन दाहाल, पुजन रेग्मि, दुर्गा चापागाँइ, शिक्षक तथा कर्मचारिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम संचालन शिक्षिका रिता पाठकले गरेकी थिइन ।