सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

 राष्ट्रिय डेली

गोरखा । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन् ।

सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् । गाउँपालिकासँगको समन्वयमा ‘एड्वान’ नामक गैरसरकारी संस्थाले प्रदान गरेको तालिम लिएर व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएकी थापामगरले अहिले यही व्यवसायबाट नियमित घरखर्च टरेको छ ।

“कृष्ण पशुपन्छी फार्म दर्ता गरेर बङ्गुरपालन सुरु गरेको छौँ”, थापामगरले भनिन्, “अहिले फार्ममा तीन माउ र ११ पाठापाठी छन्, पाठापाठी बेचेर पनि राम्रो आम्दानी हुने गरेको छ ।” बङ्गुरका पाठापाठी ३५ दिन हुनेबित्तिकै एउटाको रु छ हजारदेखि रु छ हजार पाँच सयसम्ममा सजिलै बिक्री हुने भएकाले आयआर्जन राम्रो हुने गरेको उनले बताइन्।

व्यावसायिक तालिम लिएपछि बङ्गुरमा लाग्ने रोग, दानापानी खुवाउने तरिकालगायत बारेमा जानकारी प्राप्त भएकाले पाठापाठी हुर्काउनसमेत समस्या नभएको थापामगरले बताइन् । एउटा बङ्गुरले वर्षमा दुई पटकसम्म बच्चा जन्माउँछ । एकपटकमा १२÷१३ सम्म बच्चा पाउने भएकाले तीन बङ्गुरपालन गरे पनि वर्षमा रु चार लाखभन्दा बढी आम्दानी हुने उनले बताइन्।

थापामगर मात्र होइन उक्त गाउँपालिका–९ नाम्जुङकी रुपा सिंखडा पनि तालिम लिएर अहिले व्यावसायिक बाख्रापालन सुरु गरेर आयआर्जनमा जोडिएकी छिन् । गाउँपालिकासँगको समन्वयमा नेपाल दलित महिला उत्थान सङ्घएड्वानले प्रदान गरेको व्यावसायिक तालिम लिएर बाख्रापालन सुरु गरेकी सिंखडाले अहिले उन्नत जातका बाख्रापालन सुरु गरेकी हुन्।

“बाख्रा पहिलेदेखि नै पाल्दै आएको हो, तर बाख्रा मर्ने नहुर्कने समस्या भएपछि अब पाल्दिन भनेर पनि छाडे”, उनले भनिन्, “पछि वडामै बाख्रापालन तालिम आएपछि तालिम लिएर फेरि पाल्न सुरु गरेको हो, अहिले राम्रो भएको छ ।” बच्चालाई पढाउनेलगायत सबै घर खर्च अहिले बाख्रापालन व्यवसायबाट नै चलाउँदै आएको सिंखडाले बताइन् ।

“एड्वानले महिलाका लागि वडामै आएर तालिम दिएपछि मैले १५ दिनको तालिम लिएकी हुँ”, उनले भनिन्, “त्यहीँ तालिमले अहिले मलाई व्यावसायिकरुपमा बाख्रापालन गर्न सहयोग पुगेको छ ।” व्यावसायिक तालिमले आफूहरुलाई आर्थिकरुपमा विस्तारै आत्मनिर्भर बनाउने गरेको सिंखडाको भनाइ छ ।

सो गाउँपालिकाभित्रका सबै वडामा एड्वानले अतिसिमान्तकृत, एकल तथा विपन्न महिलालाई सीपमूलक तालिमसँगै क्षमता अभिवृद्धि र नेतृत्व विकासका तालिम दिएपछि महिला आर्थिक आयआर्जनका लागि कृषि पेसामा जोडिन थालेका हुन् । एड्वानले सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाभित्र २४ कृषक महिला समूह गठन गरी उनीहरुको आयआर्जन वृद्धिमा सहयोग पु¥याउन कार्यक्रम सञ्चालन गर्दै आएको फिल्ड संयोजक कमल बसेलले जानकारी दिए।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...