काठमाडौं । अहिले देशका सबैजसो ठाउँमा बदली भएर काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परिरहेको छ ।
अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।
पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो ।
आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशसहित कासी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू–भागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने भोलिदेखि मौसम सुधार हुन थाल्नेछ ।
Post Views: 88