‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’

‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’

 राष्ट्रिय डेली

जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताएका छन्।

“एमालले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अथर्गतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्”, पौडेलले भने । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।

उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताएका छन् । सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताएका छन्।

“हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ”, पौडेलले सञ्चारकर्मीसँग भने ।

अध्यक्षका लागि बनाइएको माला पौडेललाई

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखेको थियो ।

अध्यक्ष ओली यहाँ नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको नेकपा एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । एमाले जनकपुरधाम उपमहानगर कमिटीले माला तयार गरेको थियो ।

“अध्यक्ष कमरेड आउने भनेपछि हामीले माला उनेका थियौँ । मौसम खराबीका कारण आउनसक्नु भएन् । उनको सट्टमा उपाध्यक्ष पौडेललाई लगाइदियौँ”, नगर अध्यक्ष भण्डारीले भने ।

फागुन १४ गतेदेखि सुरूभएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...