विराटनगर । विराटनगरको स्टार बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
सोही अवसरमा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी समेत गरेका थिए । यस्तै साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागी भएका अभिभावक लगायतलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट ४२ जना विद्यार्थीका अभिभावकहरूलाई सम्मान गरिएको स्कुलले जनाएको छ । कार्यक्रमको अध्यक्षता स्कुलका अध्यक्ष डा। उद्धव पोखरेलले गरेका थिए ।
कार्यक्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जुवेगु, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Post Views: 15