लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

 राष्ट्रिय डेली

नारायणगढ । यहाँका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् ।

किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवर्द्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन नहुँदा किसानको समस्या समाधान हुन नसकेको बताएका हुन् ।

कार्यक्रममा सहभागी किसानले कृषिलाई पर्यटन क्षेत्रसँग राज्यले जोड्न नसक्दा र लगानी सुरक्षित नहुँदा यहाँका धेरै युवाशक्ति विदेश पलायन हुने गरेको बताएका हुन् ।

अहिले भइरहेको कृषि उत्पादनको बजारीकरण हुन नसक्दा समस्या अझै बढ्दै गएको चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताएका छन् । उनले बताए, “अहिलेकै अवस्था रहे किसान बाँच्नसक्ने अवस्था रहदैन ।” सरोकारवाला निकायले किसानका समस्या बुझेजस्तो मात्रै गर्ने गरेका भन्दै बनेका नीति, नियम व्यवहारमा लागू नहुँदा समस्या भएको उनको गुनासो रहेको छ ।

कार्यक्रममा जिल्लास्थित नेपाल किसान सङ्घका सचिव इन्द्रमणि गैरेले किसानलाई दिने गरिएको अनुदानसमेत काटेर समस्या समाधान गर्छु भन्नु गलत भएको बताएका छन्। किसान दिनहुँ रुनुपर्ने अवस्था आउँदा समस्याको समाधान तीनै तहका सरकारले गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले बताए, “अहिले उत्पादित दूध, दही र महलगायत उत्पादन सडकमा ल्याएर फाल्नुपर्ने अवस्था आएको छ । यसमा कसको ध्यान जान्छ ”

आधुनिक कृषि तथा ड्रागनखेती गर्दै आएका भरतपुरका शम्भू सुवेदीले कृषिलाई प्राङ्गारीकरण गरी कृषि र पर्यटनलाई सँगै लैजाने किसिमका कार्यक्रम आयोगले ल्याउनुपर्ने बएका छन् । कृषि र पर्यटनलाई सँगसँगै लैजानसके आर्थिक समृद्धि हासिल हुनुका साथै कृषि क्षेत्रका दक्ष जनशक्ति बाहिरिनु नपर्ने उनको भनाइ रहेको छ ।

भरतपुर महानगरपालिका–६ का किसान केशवप्रसाद सापकोटाले सबैलाई पाल्ने किसान आफू भने सधैँ समस्याको चपेटामा पर्ने गरेको बताएका छन् । आयोगले किसानको समस्या समाधान गर्नेखालका नीति तथा नियम बनाइ खेतबारीमा पुगेर कार्यान्वयनका लागि पहल गर्नुपर्ने उनको भनाइ रहेको छ ।

“किसानले जसरी खेतबारीमा गएर काम गर्छन् त्यसैगरी आयोगले काम गर्नुपर्छ । किसानलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ”, सापकोटाले बताएका छन् , “नीति कार्यान्वयनमा कडाइ गरेमात्र वास्तविक किसानका समस्या समाधान हुँदै जानेछन् ।”

भरतपुर–१६ की किसान नमिता अधिकारीले नीति निर्माताले ‘हामी किसान हौँ’ भनेर नीति निर्माण गर्नुपर्ने भन्दै त्यसरी बनाइएका नियम प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् । १८ वर्षदेखि बङ्गुरपालन व्यवसाय गर्दै आएकी उनले राज्यले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

कृषि व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण राम्रो भए पनि बजारीकरणमा समस्या हुनु, नीतिनियमका कारण अनुदानमा समस्या हुनु, मल तथा बीउ समयमा नपाउनुलगायत कारणले व्यावसायिक किसानलाई सास्ती हुने गरेको अधिकारीले बताएकी छन्।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानका समस्या समाधानका लागि राज्यसँग पहल भइरहेको भन्दै अपेक्षाकृतरुपमा काम हुन नसकेको बताएका छन् ।किसानका विषयमा राजनीतिकरण गर्न नहुने भन्दै उनले सञ्जालले किसानका हकहितका लागि काम गर्दै आएको बताएका छन् ।
तिमिल्सिनाले बताए, “किसानले किसानकै लागि राजनीति गर्न आवश्यक छ । पुरानो कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रणालीमा उत्पादन गरेर बजारीकरण गर्न राज्यले समन्वय र सहकार्य गर्नुपर्दछ ।”

कार्यक्रममा आयोगका सदस्य सूर्यप्रसाद खनाल र टेकबहादुर बोगटीले राष्ट्रिय किसान आयोगलाई अधिकार सम्पन्न तथा स्थायित्व प्रदान गर्नसके किसानका समस्या समाधान गर्न सहज हुने बताएकाका छन् । अहिलेका कानुन, नीति तथा नियमको प्रभावकारी कार्यान्वयनमा आउन नसक्दा थप समस्या भइरहेको उनको भनाइ रहेको छ ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...