विराटनगर – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार थप १ हजार ५ सय रूपैयाँले बढ्दै १ लाख २५ हजार रूपैयाँ कायम भएको हो ।
मंगलवार तोलामा १ लाख २३ हजार रूपैयाँ कायम भएको सुनको कीर्तिमान मूल्य बुधवार र बिहीवार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।
बिहीवार तेजाबी सुन तोलामा १ लाख २४ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै बिहीवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १ हजार ४७० रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रूपैयाँ कायम थियो ।
Post Views: 3