सहकारीबाट सवल बन्दै महिला

सहकारीबाट सवल बन्दै महिला

 राष्ट्रिय डेली

 

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदै गएको छ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफलभएका छन् ।

त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिला तरकारी र फलफूलखेती, पशुपालन लगायतका उद्यमशील काममा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्बी बन्दै गएका स्थानीय पार्वती कार्कीले बताइन । घरायसी काममा सीमित रहने यहाँका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्संस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय छन् ।

गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला परिवारको खर्च आफैँ जुटाउन सफल भएका छन् । बेनी–१० की अंशु रोकाले सहकारीमार्फत ऋण काढेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन। दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरेकी उनले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रो लगायत तरकारीखेती विस्तार गरेकी छिन।

विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित यहाँका धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका महिला पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका छन् । महिलालाई आर्थिकरुपमा सम्पन्न तथा सामाजिकरुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम बनेको छ ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...