अपरिपक्व प्रेमले निम्त्याइरहेको अपराध

अपरिपक्व प्रेमले निम्त्याइरहेको अपराध

 राष्ट्रिय डेली

पवन खड्का

विराटनगर । सम्बन्धको कुनै निश्चित परिभाषा र सीमा हुँदैन । परिभाषा दिएर दायरा तोके यसको व्यापकता साँघुरिन पुग्छ । सम्बन्धका अनेक रूपहरू छन् र यसको आयाम बृहत् छ । जस्तो कि परिवारका सदस्यहरूबीचको सम्बन्ध, त्यसबाहिरको सम्बन्ध । यिनलाई पनि विभाजन गर्दै जाने हो भने सम्बन्धले थुप्रै नामहरू पाउँदै जान्छ । तिनैमध्ये सर्वोच्च मानिने एक सम्बन्धको नाम हो, प्रेम ।

हरेक सम्बन्धहरू आफैंमा उच्च छन् र तिनका निश्चित स्वार्थ छन् । निःस्वार्थ त कुनै पनि सम्बन्ध हुँदैनन् । त्यो केवल मुखले बोलिने मात्र हो । यो यसकारण कि सम्बन्धमा स्वाभाविक रूपले कुनै न कुनै अपेक्षा रहन पुग्छ । र, यसरी सम्बन्धमा रहने अपेक्षा नै स्वार्थ हो । तर, स्वार्थ भन्दैमा त्यो नकारात्मक नै हुन्छ भन्ने हुँदैन । स्वार्थ सकारात्मक पनि हुन्छ । प्रेम सकारात्मक स्वार्थ राखेर गरिन्छ । यदि त्यसो छैन भने त्यसलाई कदाचित् प्रेम मान्न सकिँदैन । प्रेमका पनि अनेक रूप छन् । यहाँ कुरा विपरीत लिंगीबीचको प्रेमको गरिएको हो । दुई विपरीत लिंगीबीच हुने प्रेम पनि एकपक्षीय वा द्विपक्षीय दुवै हुन सक्छ र यहाँ कुरा द्विपक्षीय प्रेमको गरिएको हो ।

प्रेम सम्बन्धहरूका सुरूआत सुखद् हुन्छन् । र, सुखद् सुरूआतका सम्बन्ध सुखद् रूपमै अन्त्य भइदिऊन् भन्ने अपेक्षा स्वाभाविक रूपमा रहने नै भयो । तर, सम्बन्धमा रहेकामध्ये कुनै एक पक्षले आफूसँग सम्बन्धमा रहेकालाई धोकाधडी गरे वा गर्न लागेको संकेत दिए दोस्रो पक्ष दुःखी हुन सक्छ, उसमा अर्को पक्षमाथि घृणाभाव जाग्न सक्छ, आपराधिक सोच जन्मिन सक्छ । सबै व्यक्तिमा यो लागू नहुन सक्छ । तर, जसमा हुन्छ, त्यसो हुनुको मुख्य कारण सुखद् सम्बन्धको दुःखद् अन्त्य वा अन्त्यको संकेत नै हो । पछिल्लो समय यसैको पर्याय बनिरहेको छ, अपरिपक्व प्रेम । र, यही अपरिपक्व प्रेमका कारण कसैले अकालमा कसैको ज्यान लिइरहेको छ त कसैले देहत्याग गरिरहेको छ । मोरङको विराटनगरमा हालसालै भएको एक स्टाफ नर्सको हत्या र स्टाफ नर्सको हत्यापछि हत्यामा संलग्न उनका प्रेमीले गरेको आत्महत्या यसको ज्वलन्त उदाहरण हो ।

यसलाई बुझ्न यी दुईबीचको प्रेम सम्बन्ध र त्यसपछि निम्तिएको अपराध केलाऔं ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भई विराटनगर महानगरपालिका-४, बुढाथोकी मार्गमा डेरा बसेर नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दास सिरहाकै २२ वर्षीय शिवशंकर दाससँग केही वर्षदेखि प्रेममा थिइन् । शिवशंकरसँगको प्रेमकै बीच चन्द्रिका अमिन धानुक नामका अर्का युवकसँग पनि प्रेममा रहिन् । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका शिवशंकरले चन्द्रिकाको दोहोरो सम्बन्धबारे थाहा पाए ।

मलेसियाबाट गत २६ फागुनमा शिवशंकर स्वदेश फर्किए । केही दिन काठमाडौं बसेर उनी सिरहास्थित आफ्नो घर नगई २९ फागुनमा सोझै विराटनगर आए । केही दिन चन्द्रिकाकै डेरा कोठामा बसे । सँगै रहँदा उनीहरू दुईबीच सम्बन्धको विषयलाई लिएर विवाद पनि भएको थियो ।

चन्द्रिकाले आफूलाई धोका दिएको भन्ने आवेगसहित मलेसियाबाटै हत्याको योजना बनाएर आएका शिवशंकरले चैत १ गते दिउँसो धारिलो हतियार प्रहार गरी चन्द्रिकाको बीभत्स हत्या गरे । हत्यामा प्रयोग भएको हतियार पनि शिवशंकरले मलेसियाबाटै किनेर ल्याएका थिए ।

हत्यापछि शिवशंकरले त्यसको फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर कोठाबाट निस्किएका शिवशंकरले चन्द्रिका भारतको जोगबनी गएको भन्दै कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाकी साथीलाई दिए । उनले चन्द्रिकाकी ती साथीको फोन नम्बर पनि लिए । तर, चन्द्रिका राति अबेरसम्म पनि फर्किइनन् ।

चन्द्रिकाको हत्या भएको कुरा तब खुल्यो, जब चैत २ गते दिउँसो चन्द्रिका बसेको घरको कोठा नजिकै अर्को कोठामा बस्ने उनकी साथीलाई नयाँ नम्बरबाट ह्वाट्सएपमा चन्द्रिकाको हत्या गरिदिएको भन्दै उनको रक्ताम्य शवको तस्बिर आयो । चन्द्रिकाको शव कोठाभित्रको शौचालयमा फेला परेको थियो । त्यसपछि चन्द्रिकाको हत्याबारे उनकी साथीले घरबेटीलाई र घरबेटीले प्रहरीलाई खबर गरे । घटनास्थल पुगेर प्रहरीले चन्द्रिकाको परिवारका सदस्यसहितको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी चन्द्रिकाको शव पोष्टमर्टमका लागि कोशी अस्पताल ल्यायो ।

प्रहरी अनुसन्धानका क्रममा चन्द्रिकाकी साथीलाई ह्वाट्सएपमा म्यासेज आएको नम्बरमा अमिन धानुक नाम देखियो जो चन्द्रिकाको पछिल्ला प्रेमी हुन् । त्यसपछि उनले नै हत्या गरेको हुन सक्ने अनुमानका साथ अनुसन्धान उनीतिर केन्द्रित भयो । तर, बीचमा रहस्य खुल्यो, उक्त नम्बरको सिम अमिन धानुकको नभई शिवशंकर दासको नाममा दर्ता रहेको पाइयो । घटनालाई ‘डाइभर्ट’ गर्न शिवशंकरले धानुकले चन्द्रिकाको हत्या गरेको देखाउन त्यस्तो गरेको पाइयो ।

शिवशंकर चन्द्रिकाको हत्यापछि फरार थिए र प्रहरीले उनको खोजी गरिरहेको थियो । बीचमा प्रहरीले सूचना पायो, उनी विराटनगरमै छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय, मोरङले एकसाथ ठूलो संख्यामा प्रहरी परिचालन गरेर उनको खोजीका लागि विराटनगरका होटेलहरूमा ‘सर्च अपरेशन’ चलायो ।

तर अफसोस ! चन्द्रिकाको हत्या भएको चौथो दिन शिवशंकर पनि आत्महत्या गरेको अवस्थामा भेटिए । नोबेल मेडिकल कलेज अगाडि रहेको होटेल फाइनको कोठा नं. १०२ मा आइतबार राति झुन्डिएको अवस्थामा उनको शव भेटियो ।

सायदै कसैले सोचेको थियो, चन्द्रिका र शिवशंकरको प्रेम सम्बन्ध उनीहरू आफैंको इहलीला समाप्तिको कारक बन्छ । बरू कुनै समय उनीहरूले आफूहरूको सम्बन्धमा एक सुन्दर भविष्य देखेका थिए होलान् । तर, सुरक्षा निकायको अनुसन्धानले नै पुष्टि गर्‍याे, चन्द्रिकाको दोहोरो प्रेम सम्बन्ध र त्यसपछि सम्बन्धमा आएको दरारले नै यस कहालीलाग्दो घटना घटायो ।

जोडिने सबै सम्बन्ध साकार हुँदैनन् । सम्बन्धमा असफलताका विभिन्न कारण हुन सक्छन् । सम्बन्ध तोड्नु परेको अवस्थामा सम्बन्धमा जोडिएकालाई पुग्न सक्ने आघातका बारेमा पनि उत्तिकै सजग हुन जरूरी छ । सम्बन्धमा जोडिएकालाई त्यसबारे विनम्रतापूर्वक जानकारी गराएर पनि सम्बन्धका कारण हुन सक्ने दुर्घटनाबाट बच्न सकिन्छ ।

कतिपय अवस्थामा आइपर्ने कठिन वा बाध्यात्मक परिस्थितिले पनि कसैले कसैसँगका सम्बन्ध बीचैमा तोड्नुपर्ने वा तोडेका हुन सक्छन् । तर, सम्बन्धमा जोडिइसकेपछि कुनै एक पक्षले आफूसँग सम्बन्धमा रहेकालाई कुनै जानकारी नगराई वा आफ्नो परिस्थिति वा छनोटबारे केही नबताई तथा जानकारी गराए पनि दोस्रो पक्षलाई आघात पुग्ने गरी गराए र सम्बन्धका कारणले पुगेको आघातमा सहनाभूति प्रकटसम्म नगरे दोस्रो पक्षलाई भावनामा गहिरो चोट पर्न सक्छ ।

थाहै छ, भावनात्मक चोट देखिँदैन । तर, यसको असर भने गम्भीर हुन्छ । परिणामतः यसले गम्भीर अपराधको रूपसमेत लिन सक्छ भन्ने कुरा त हालैका केही घटनाहरूले पनि पुष्टि गरेकै छन् । अपरिपक्व प्रेम जीवन बर्बादीको कारण पनि बन्न सक्नेबारे सबै सचेत रहन जरूरी छ । (यो एक नितान्त व्यक्तिगत विचार हो ।)

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...