विराटनगर–८ का जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित जेष्ठ नागरिकको घर–घरमा पुग्दै

विराटनगर–८ का जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित जेष्ठ नागरिकको घर–घरमा पुग्दै

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान शुरु गरेको छ । स्वास्थ्यकर्मी सहित वडाका जनप्रतिनिधिहरूले जेष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने कार्यको शुरुवात गरेका हुन् ।

विराटनगर महानगरपालिकी उप–प्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा अमरटोलकी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ भएको हो ।

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले औषधी, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्री लगायतका सामानहरू घर–घरमा वितरण शुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरी १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम शुरु गरिएको उनले बताए । आगामी आर्थिक वर्षदेखि उमेर समूह विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको भनाई छ । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधी लगायतका सामग्रीहरू पनि वितरण गरेको छ ।

जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधी, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरू ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

अभियान अन्र्तगत आज विराटनगर अमरटोलका १४ जना जेष्ठ नागरिकको घरमा पुगिएको वडासदस्य पवित्रा विकले जानकारी दिएन् । विराटनगर–८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रूपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनको भनाई थियो ।

 

adv-single
सम्बन्धित समाचार

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...

एकैदिन तोलामा दुई हजार रूपैयाँले महँगियो सुन

विराटनगर । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि...

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...