विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

 राष्ट्रिय डेली

विराटनगर, २३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा शुक्रबारबाट शुरु भएको अधिवेशन आईतबार सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घिसिङले देश विकासको लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गरिएको थियो । परिषद्ले राष्ट्रिय पृथ्वी युवा पुरस्कारबाट युवा उद्यमी देविका बुढाथोकीलाई सम्मान गरेको छ । यस्तै विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन भएको छ ।

परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट डां गोपीनाथ कण्डेल राष्ट्रिय अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय उपाध्यक्षमा प्रा. दयाराम पौडेल (चितवन), अच्युत पन्त (रुपन्देही) र पुष्पराज खतिवडा (तनहुँ) चयन भएका छन् ।

यस्तै परिषद्को राष्ट्रिय महासचिवमा छितराज न्यौपाने (काठमाण्डौं) चयन भएका छन् । राष्ट्रिय सचिवमा घनश्याम नायक (पर्सा), नारायण प्रसाद तिमिल्सिना (कीर्तिपुर), प्रकाश शर्मा (कास्की), वर्षा सापकोटा (नवलपुर), बाबुराम मरासिनी (रूपन्देही), अनुराग पाण्डे (रूपन्देही), राधा पोखरेल (पाल्पा) र दिनेश कार्की (सुर्खेत) चयन भएका छन् ।

यस्तै राष्ट्रिय संगठन सचिवमा नारायण प्रसाद ढकाल (काठमाडौं) र राष्ट्रिय सह–संगठन सचिवमा रमेश कण्डेल (पोखरा) चयन भएका छन् ।
परिषद्को राष्ट्रिय छात्रा प्रमुखमा लक्ष्मी कर्ण (पर्सा), सह–छात्रा प्रमुखमा निशा क्षेत्री (रूपन्देही) र सृष्टि जोशी, राष्ट्रिय व्यवस्था प्रमुखमा केशव राज पन्थी (काठमाण्डौं), सह–व्यवस्था प्रमुख विदुर विक्रम थापा (काठमाण्डौं) चयन भएका छन् ।

यस्तै राष्ट्रिय मिडिया प्रमुखमा कृष्ण प्रसाद हुमागाई (काठमाण्डौं), केन्द्रीय सचिवालय प्रमुख देवराज रिजाल (काठमाण्डौं), केन्द्रीय कार्यालय प्रमुख निरन्जन सोती (काठमाण्डौं), राष्ट्रिय जनजाति कार्य प्रमुखमा चन्द्रशेखर जोशी (काठमाण्डौं), राष्ट्रिय साहित्य कार्य प्रमुखमा बद्रि भट्टराई (रूपन्देही) र राष्ट्रिय साहित्य सह–प्रमुखमा खगिन्द्रा खुसी ‘दाहाल’ (झापा) चयन भएका छन् । यस्तै कानुन अध्ययन संस्थाको कार्यका लागि मिलन अधिकारी चयन भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यमा जीवन निरौला (मोरङ), मनिप ओझा (मोरङ), कविता पोखरेल (मोरङ), मोहन ढकाल (मोरङ), एञ्जिला चापागाई (मोरङ) चयन भएका छन् । यस्तै अजय यादव (सुनसरी), सौरभ वि.क. (सुनसरी), प्रेम कार्की (संखुवासभा), प्रदीप बुढाथोकी (धनकुटा), सुमन दाहाल (खोटाङ), नवीन पौडेल (सप्तरी), उमेश भण्डारी (धनुषा) चयन भएका छन् । यस्तै रुपेश झा (धनुषा), रुजा वि.क. (महोत्तरी), शनी गुप्ता (पर्सा), जागृत सुवेदी (मकवानपु), लक्ष्मण तामाङ्ग (मकवानपु), उन्नति कण्डेल (चितवन), बाल विक्रम राना (कीर्तिपुर), कृष्ण चापागाई (काठमाण्डौं), सवित लामिछाने (काठमाण्डौं), पविता लिम्बु (ललितपुर), राधा ढकाल (लमजुङ), सन्तोष चापागाई (कास्की) चयन भएका छन् ।

यसैगरी हेमन्त अवस्थी (लमजुङ), अशोक तिवारी (कास्की), अर्जुन बराम (कास्की), मधुसुदन न्यौपाने (कास्की), प्रदीश पौडेल (कास्की), पृथ्वीनारायण शर्मा (पर्वत), विनोद पौडेल (नवलपुर), नन्दराम भट्टराई (अर्धाखाँची), सुमन गोपाल आचार्य (नवलपरासी), गणेश भुषाल (रूपन्देही), दीपक ढकाल (रूपन्देही), कमल कोइराला (रूपन्देही) चयन भएका छन् ।

यस्तै माधव शर्मा (पाल्पा), धनञ्जय भण्डारी (गुल्मी), कृष्ण न्यौपाने (रोल्पा), शरद कुमार शर्मा (दाङ), हेमा कुँवर (दाङ), सुरेश पौडेल (दाङ), गोविन्द न्यौपाने (दाङ), कविराज न्यौपाने (दाङ), मोहन खड्का (दाङ) चयन भएका छन् । यसैगरी भिम खरेल (बाँके), भिम रोकाया (बाँके), केशव चौलागाई (कालिकोट), शारदा पछाई (जुम्ला), धिरेन्द्र काफ्ले (जुम्ला), दिवस पोखरेल (कैलाली), चक्र साउद (कैलाली), मनिराम चौलागाई (कैलाली), सुबोध चटौत (कञ्चनपुर), अर्जुन महरा (कञ्चनपुर), भरत कैनी (डडेलधुरा), निर्मला स्वाँर (अछाम), गणेश अधिकारी (अछाम) र करण साउद (डोटी) चयन भएका छन् ।

यस्तै आठौँ राष्ट्रिय अधिवेशनले विशेष आमन्त्रित सदस्यमा प्रा.डा. रामजी गौतम (काठमाण्डौं) लाई चयन गरेको छ । आमन्त्रित सदस्यहरूमा डा. विजु थपलिया (मोरङ), ममता न्यौपाने (चितवन), अवलेश प्रसाद गुप्ता (काठमाडौं), पदम भट्टराई (काठमाडौं), खगेन्द्र बहादुर क्षेत्री (बर्दिया) र सुरन्द्र प्रसाद भट्ट (कैलाली) चयन भएका छन् ।


यस्तै गण्डकी प्रदेश संगठन सचिवमा प्रकाश शर्मा, लुम्बिनी प्रदेश संगठा सचिवमा बाबुराम मरासिनी, कर्णाली प्रदेश संगठन सचिवमा बिष्णु प्रसाद पंगेनी र सुदुर पश्चिम प्रदेश संगठन सचिवमा चन्द्रशेखर जोशी चयन भएका छन् ।

अधिवेशनमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिका साथै देशैभरबाट परिषद्का प्रतिनिधिहरूको सहभागिता रहेको थियो

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...