चितवन, २९ चैत । चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका –१ चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा भएको हो ।
उपचारको क्रममा चारजनाको पुरानो मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वडा–११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Post Views: 232