काठमाडौ । भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड १९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । कोभिड– १९ को माहामारी रोकथाम तथा नियन्त्रणका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस गरेको हो ।
गतवर्षको चैतमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई १ अर्ब २४ करोडको ठेक्का दिएको थियो । खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेका कारण र खरिद प्रक्रियामा घोटाला भएको भन्दै ढकालको देशभर विरोध भएको थियो । भने स्वास्थ्य सामाग्रि गुणस्तरहिन ल्याएका कारण ओम्नीलाई कालोसूचीमा समेत राखिएको थियो ।
पुस ३ गते बसेको समितिले औषधि खरिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो। यसैक्रममा समितिकोे सोमबार बसेको बैठकले ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलाई पत्रलेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
Post Views: 5