मनुष्य भएर बाच्नुको अर्थ आफुलाई परिवर्तन गर्दै लानु हो । सामाजिक तवरले आफुलाई उच्च स्थानमा राखेर प्रवुत्तो जमाउने सबैको इच्छा हुनु मनुष्यको गुण हो । हामी एकै ठाउँ धेरै वर्षसम्म, एकै काम र एकै वातावरणमा रम्ने जात नै होइन । हामीलाई परिवर्तनको भोकले छटपटि भइहाल्छ । अहिले जस्तो रमाइलो गर्ने ठाउँ कहा थियो र १९९० ताका तिर । रमाइलो भनेको फिल्म हल हुने गथ्र्याे ।
यही सहरमा मनोरञ्जनका लागि भनेको जलजला हल र हिमालय हल मात्र थियो । अरु के नै थियो र जोगबनी नजिकै अर्को हल पनि थियो तर त्यो हल मा कहिले फिलिम हेर्न जुरेन । १७, १८ वर्षको हुँदापनि धेरै टाढा लाग्थ्यो । आफुँंसग साधन भनेको साइकल मात्र थियो । महेन्द्र चोक जनआन्दोलन चोक बाट बुडो भ्यागुते बसहरु कुद्थे । थोरै जोगबनी जाने गाडी भएकोले चढ्नेबेलामा खचाखाच भरिन्थ्यो । फकर्दा मान्छे र सामानको भिड ।
मलाइ खासै अनुमति पनि थिएन घर बाट धेरै टाडा जाने । त्यहिपनि नया फिल्मको प्रचार प्रसार गर्न रिक्सामा हर्न लागएर अल्छि मानिमानि चालकहरु रिक्शा कुदाउथँे । आफु भने घरको छत होस या झ्याल गएर हेर्नै पथ्र्यो । अनि खुरापाती दिमाग लगाउन सुरु हुन्थ्यो । यो चलचित्र कसरी हेर्ने भनेर । उपाय एक हुन्थ्यो मुर्गा खोज्नु, खोज्दा खोज्दै फिल्महरु हेर्नु भन्दा, हेर्ने सोच्दा– सोच्दै बदलिन्थेँ ।
आरामले हेर्ने शो भनेको शनिबार बिहानको हुन्थ्यो । बिद्यार्थी छुटको चलन थियो । मिलाएर थुप्रै शनिबार मिथुन, धर्मेन्द्र , मनिषा दिदीको पहिलो चलचित्र ‘सौदागर’ पनि हेरियो । बडो दुख र हातहात गरेर एक हफ्ता पछि टिकट पाइयो फस्ट क्लास को । चैतको घाम १२ बजेको शोको टिकट पाइयो । ठिक पर्दा अगाडी तेश्रो रोमा नजिकको दाई हुनुहुन्थ्यो । वहाँले नै टिकट किन्नुभा थियो २ वटा । रातो गुलाबी रंगको कागजमा कुर्सी नम्बर लेख्या हुन्थ्यो । हामी भित्र छिर्दा सुरु भईसक्या थियो ‘सौदागर’ । गर्मीले आफ्नो सास आफैलाई गन्हाइरहेकोे थियो । परबाट टर्च देखाउदै पान चपाउदै दाइले २ वटा टिकटमा एक सिट मात्र खाली भाको जानकारी दिनुभयो ।
एक समय एस्तो थियो, हरेक नयाँ चलचित्र फस्ट डे फस्ट सो हेर्न होस या हप्तौँसम्म ब्ल्याकमा टिकट किन्नुपथ्र्यो । टिकट काट्ने झ्याल हुन्थ्यो अनि हात छिराउने सानो प्वाल । टिकट काउन्टर खुलेको छैन, १० ओटा टिकट पनि बेचेका हुदैन थिए, टिकट काट्ने झ्याल बन्द हुन्थे । त्यसपछि मनपरी टिकट को दाम हुन्थ्यो । जथाभाबी टिकट बेच्नेले र एक सिट दुई तीन जानालाई बेचिदिन्थे । कति चोटी निराश भएर फिल्म हलबाट पनि फर्किनुपथ्र्यो । आफुलाई बाल । अरुकेहि उपाए नै भएन । हामी दाजु भाई एक सिटमा कोचिएर हेर्न थालियो सहरको दिदीको पहिलो धमाकेदार चलचित्र ‘सौदागर’ । आफुलाई त खाशै फरक परेन । फिल्म हेर्नुथ्यो विराटनगरकी दिदीलाई हेर्नुथ्यो ।
हेलिकोप्टर पंखाको अवाज ठिक टाउको माथि झर्कोलाग्दो तरिकाले कराइरहेको थियो । मिलाएर दाजुभाइ बसियो । तर एक प्रकारको गन्धले नाक चुम्न थाल्यो, सहन नसकिने दुर्गन्धले नाक पनि थुन्नुपर्यो । ‘इम्लीका बुटा, बाहिरका पेड’ यो गानाले कति वर्षा सम्म छोइराख्यो । दिलिप कुमार र राजकुमारको डाइलाग महिनौसम्म चियापसलमा सुनिएको थियो ।
तर त्यो गन्धले सधै मनिषा दिदीको पहिलो चलचित्रको सम्झना आउछ । सायद त्यो गन्धले जिन्दगीको अन्तिम समयसम्म कसैलाई छोड्दैन । धेरै महिनासम्म जलजलामा सौदागर चल्यो । अर्को पर्खेर हेरेको फिल्म हो ‘चिनो’ । हाम्रो विराटनगर कै शिव श्रेष्ठ दाईको । त्यस्तै शोले, लाहुरी, घ्याल, सम्झना धेरै चलेका फिल्म थिए । फिल्मको बिचमा ३० मिनेटको ब्रेक हुन्थ्यो ।
त्यो बेला भोला र चुरोट हैन । ओठ रातो पर्ने बरफ भए पुग्थ्यो । पहिले पहिले मामा, काका, फुफु घर आउँदा माया देखाउने तरिका पनि फिल्म हल थियो । उँहाहरुको लागि रमाइलो र माया गर्छु भन्न देखाउन पनि फिल्म हेर्न लग्थेँ ।
विस्तारै फिल्म र फिल्म हल अलि खुम्चिन थाले । जब सहरमा छातावाला डिश लाग्न थाले । त्यसपछि सिटीकेबलले घर–घरमा फिल्म हेर्न सजिलो बनायो । अहिले त झन् फिल्मको कुरै हुदैन । अहिले युटुब र मल्टिफेल्क्सको कुरा गरिन्छ । अब फिल्महलमा फिल्म हेर्न प्लान बन्दैन । अहिले कुन रेष्टुराँमा खाने भनेर कुरा गरिन्छ । पहिले टोलटोलमा भिडियो हल हुन्थे । १० रुपैँया दियो फिल्म हेर्यो । सिडी र क्यासेटले डाँडा काटेको पनि दशकौँ भईसक्यो । हामी अहिले त्यो बाँसमा पाउने बरफ मा कँहा रमाउछौँ । अहिले त हामीलाई ब्रान्डेड आइशक्रिमको चुस्की लिनुपर्छ । तारेको पापडमा रमाउइन्थ्यो अहिले हामीलाई ठुलो ब्रान्डेड आलू चिप्स चाइन्छ । येसैलाई परिवर्तन भनिन्छ । मनुष्यको अचुक चाहाना नै परिवर्तन हो । आफुलाई अप्ग्रेड गर्न हामी कहिले पछि पर्दैनौँ । र सहि बाटोमा लागेर प्रगति गर्न कसैले रोक्दा पनि रोक्दैन ।
एक दशक अघि जति फिल्म हेर्न सकश झेल्नु पथ्र्यो। अहिले त्यस्तो छैंन । अहिले घरमै बसेर मोबाइलको बटम थिचेपछि टिकटक, इमेलमा आईपुग्छ । यसैलाई जिन्दगीको मज्जा अनि प्रगति भनिन्छ । सौदागर देखि आर. आर. आर सम्मको चलचित्र भवनको रुपरेखा र यसको बिलाशितामा मैले देखेको परिवर्तनले चकित हुन्छु । सोच्न पनि बाध्य हुन्छु । यसरी नै हाम्रो स्कुल, हस्पिटलहरु पनि परिमार्जित हुदै गएको भए कस्तो हुन्थ्यो होला ।
अहिलेका फिल्म हल बिलाशिता भएका छन् । लच्चक्क परेको कर्सी, बिभिन्न फ्लेवरका मकै चपाउँदै आनन्दले समय बितेको पनि थाहा हुँदैन । पहिले जस्तो उडुसको टोकाई, हेलिकप्टर पंखाको अवाज, ब्ल्याक टिकटको धोका अहिलेको दिनमा हुँदैनन् ।
पहिले जस्तो लव स्टोरी र घरघरको कथा मनपराउन पनि छोडे । अहिलेकाहरु रोमान्टिक फिल्महरु मनपराउँछन् । समयसँगै धेरै परिवर्तन भएको छ । हाम्रो सोच र रहरहरु समयसँंगै परिवर्तन हुदै जानुपर्छ । हामी बर्षौँसम्म एकै तरिकाले बाँच्न सक्दैनौ । हामीलाई परिवर्तन मनपर्छ । एक प्रकारको जुन आनन्द अहिले सिनेमाहलमा सिनेमा हेर्न आउछ, त्यस्तै आनन्दको परिकल्पना हाम्रो स्कुल, हस्पिटल र सरकारी कार्यालयहरुमा होस भन्ने सोचको बिकास हाम्रो पुस्ताले गर्नैपर्छ ।