विराटनगर । विराटनगर – ९ स्थित हस्पिटल चोकमा गेटवेल हस्पिटल संचालनमा आएको छ । नयाँ व्यवस्थापकीय टोलीले संचालनमा ल्याएको हस्पिटलको बिहिबार उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापकीय टोलीका साथमा दक्ष तथा अनुभवी चिकित्सक सहित अस्पताल संचालनमा ल्याइएको हो ।
पाँच करोडको लगानीमा संचालनमा ल्याइएको अस्पतालमा जेनेरल सर्जरी, ल्याप्रोस्कोपी, फिजिसियन, स्त्री तथा प्रसुती, बालरोग बिशेषज्ञ लगायतका सेवा प्रदान गरिने डाइरेक्टर डाक्टर राजेन्द्र चौधरीले बताए । अस्पताल २५ सैंयाको रहेको उनले बताए । अस्पतालबाट २४ घण्टा सेवा उपल्ब्ध हुने उनको भनाई छ ।
अस्पतालमा फामेर्सी लगायत एम्बुलेन्स सेवा समेत उपलब्ध रहेको संचालक डाक्टर सरोज राजवंशीले बताए ।
Post Views: 5