खेलकुदमार्फत युरोपमा रहेका नेपालीबीच भाइचारा बढाउने उद्देश्य छ

खेलकुदमार्फत युरोपमा रहेका नेपालीबीच भाइचारा बढाउने उद्देश्य छ

 राष्ट्रिय डेली

पासङ शेर्पा (अंग)
सल्लाहकार, नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)
पासङ शेर्पा (अंग) नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को सल्लाहकार हुनुहुन्छ । युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले संघ स्थापना गरिएको उहाँको भनाइ छ । खेलकुदले मान्छेका मन र मुटुलाई जोड्ने शेर्पाको भनाइ छ । विगत एक दशकभन्दा लामो समयदेखि अष्ट्रियाको तिरोलमा पर्यटन व्यवसाय गरेर बस्नुहुने सल्लाहकार शेर्पा संघको साधारणसभा गरेर छिट्टै नयाँ कार्यसमिति चयन गर्ने बताउनुहुन्छ । संघले खेलकुदसँगै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समेत प्रचारप्रसार गर्ने उद्देश्य रहेको बताउनु हुने सल्लाहकार शेर्पासँग संघले गरिरहेको कार्यलगायतका विषयमा केन्द्रित रहेर पत्रकार मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

नेपाली युरोपियन खेलकुद संघ (एनइएससी) अहिले के गर्दैछ ?
आदरणीय दाइ दिलकुमार घमालको नेतृत्वमा हामीले यो संघलाई गठन गरेका थियौं । संघलाई यहाँसम्म ल्याइपु¥याउन उहाँको धेरै नै ठूलो योगदान छ । अब हामी छिट्टै नै संघको साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गर्नेछौं । त्यसका लागि हामीले युरोपभरि रहनु भएका खेलप्रेमीलाई संघमा आबद्ध गराउने कोसिस गर्नेछौं । खेलकुदले राजनीतिले विभाजित भएको मन र मुटुलाई जोड्छ । खेल भनेको यस्तो क्षेत्र रहेछ जहाँ देशको कुनै सीमित हुँदैन, न त धनी, न त गरिब, न त धर्म, जात केहीको बन्देज हुँदैन । त्यसो भएकाले पनि यो पवित्र संस्थामार्फत हामीले युरोपमा रहेका नेपालीलाई जोड्ने प्रयत्न गरिरहेका छौं ।

नयाँ कार्यसमिति गठन गर्न किन आवश्यक पर्यो ?
कुनै पनि संस्थालाई चलायमान र लोकतान्त्रिक पद्धतिबाट सञ्चालन गर्न त्यसको साधारणसभा गर्नुपर्छ । अब हामी छिट्टै नै साधारणसभा गरेर नयाँ समिति बनाउँछौं । अहिलेसम्म संघले गरेका कार्यहरु साधारणसभामार्फत हामी सबैलाई जानकारी गराउनेछौं । नयाँ कार्यसमितिमा नयाँ र पुराना सबैलाई समेटेर चुस्त र दुरुस्त बनाउँछौं । जसले वास्तवमै यो संघलाई माया गर्नुहुन्छ उहाँहरुलाई समेट्छौं । यो संस्थामा राजनीति हुँदैन । हामी विशुद्ध खेलका मात्रै अझ भलिबल खेलको मात्रै कुरा गर्छौं । त्यसमै काम गर्छौं । अघि पनि मैले पनि राजनीतिले मान्छेका मन र मुटुलाई टुक्रा–टुक्रा पार्छ । तर, खेल क्षेत्रले टुक्रिएका मन र मुटुलाई पनि जोड्छ । यो त तपाईंहरुले पनि महसुस गरिरहनु भएको छ ।

तपाईंहरुले भलिबल प्रतियोगिता पनि गर्नुभयो, कस्तो भयो नि ?
हामीले भलिबल प्रतियोगिता गयौं। तर, केही व्यक्तिका कारण हामीले सोचेजस्तो हुन सकेन । तर अब छिट्टै नयाँ कार्यसमिति गठन गरेर भव्य र सभ्य रुपमा प्रतियोगिता गर्छौैं । यो प्रतियोगितामा युरोपमा रहेका विभिन्न देशमा बसोबास गर्ने नेपाली खेलाडी साथीहरुलाई सहभागी गराउने छौं ।

पहिलो प्रतियोगिता गर्दाका अनुभव कस्तो रह्यो ?
स्वभाविक रुपमा पहिलोपटक प्रतियोगिता गरेका कारण केही हामीबाट कमीकमजोर पक्कै भयो होला । त्यसलाई आगामी प्रतियोगितामा सुधार गर्नेछौं । हामी पनि मान्छे हौं, काम गर्दै जाँदा केही सानातिना कमजोरी भइहाल्छन् । तर, यो प्रतियोगिता गर्न धेरैको साथ र सहयोग पाएका थियौं । जस्तो कि पासाङ शेर्पा, सुनिल सुनार, खेम विक, देवता घमाल, राजु विक, देवी घमाल, लेवोन घमाल, रमेश थापा, प्रेम रसेइली, रुद्रा विक, अशोक गौतम, राम विश्वकर्मा, आन्जी एबेर्ल, विकास कार्की, मोमोनेस, शिवा खड्का, किरण श्रेष्ठ, ओमप्रकाश मगर, सुरेश क्षेत्री, दीपक क्षेत्री, दिलीप बारतौला, रुदी बाउर, रिन्जी लामा, प्रभातमान शेरचन र दबिन गुरुङको साथ र सहयोगलाई भुल्नै सकिँदैन । उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरुकै कारण हामीले प्रतियोगिता गर्न सक्यौं । आगामी दिनमा पनि उहाँहरुको साथ र सहयोग पाउने अपेक्षा राखेका छौं ।

खेलकुद मात्रै हो कि अन्य पनि उद्देश्य छन् संघका ?
नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को सबैभन्दा ठूलो उद्देश्य भनेको भाइचारा अभिवृद्धि गर्ने र स्वास्थ्यप्रति आमनागरिकलाई सचेतना जगाउने हो । अहिले भाइचारा हराउँदै गएको छ । एउटा नेपालीसँग अर्को नेपाली नबोल्ने अवस्था छ । हाम्रो उद्देश्य भनेको सबै नेपालीलाई खेलकुदका माध्यमबाट एउटै सूत्रमा जोड्ने हो । अझ भनौं संघ एउटा धागो हो यो धागोले खेलकुदको सियोले नेपाली रुपी फूललाई जोडेर एउटै माला बनाउने हो । हाम्रो यो अभियान पनि हो ।

विदेशमा बस्ने नेपालीहरूमा पनि राजनीति हुन्छ भन्छन्, यसमा पनि होला नि त ?
तपाईंले सही कुरा उठाउनु भयो । अहिले हरेक क्षेत्रमा राजनीति हाबी भएको छ । विदेशमा बस्ने नेपालीहरू चारजना भए भने संस्था खोल्नै पर्ने र त्यहाँ राजनीति गर्नैपर्छ भन्ने सोचाइ छ । यसलाई चिर्नका लागि हामीले एनइएससी खोलेका हौं । यसमा आबद्ध हुन जात, धर्म, सम्प्रदाय, विचारभन्दा माथि हुनुपर्छ । यसमा हामी राजनीति हुन दिंदैनौं । तपाईंले भनेजस्तै गैरआवासीय नेपालीहरूमा राजनीति हुने गरेको छ । राजनीति नगर्ने व्यक्तिचाहिं संस्थामा आबद्ध नहुने । विचार आफ्नो ठाउँमा छ । तर, विदेशमा बस्ने अनि राजनीतिका नाममा नेपाली–नेपाली झगडा गर्ने र बोलचाल पनि नगर्ने अवस्था छ । यस्तो परिस्थितिलाई खेलकुदले मात्रै चिर्छ भन्ने हाम्रो ठम्याइ छ । यो संस्थामा राजनीतिको ‘र’ पनि हुन दिंदैनौं ।

अबको प्रतियोगिता कहिले गर्दै हुनुहुन्छ ?
संघ स्थापना भएको दुई वर्ष पुगिसकेको छ । कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हो । अब छिट्टै नयाँ कार्यसमिति बनाउँछौं । समितिमा बस्न चाहने महानुभावले सम्पर्क गर्न पनि म अपिल गर्दछु । पहिला नयाँ कार्यसमिति गठन गर्छौैं अनि प्रतियोगिता गर्छौैं । यसपटक तिरोलमा भव्यताका साथ प्रतियोगिता गर्ने योजना बनाइरहेका छौं । यहाँसम्म हाम्रो योजनालाई सफल बनाउन सबैको साथ र सहयोग पाउनेछौं भन्ने आशा लिएका छौं ।

adv-single
सम्बन्धित समाचार

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...

‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै...

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन...

५ वर्षमा बेचबिखनमा परेका १ हजार ६ सय जनाको उद्धार

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० सम्ममा बेचबिखनमा...

सेयर बजारमा ४२ अङ्कको गिरावट

काठमाडौं । हप्ताको पहिलो दिन सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ । आज...

खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा युवाहरूले जलबायु जनमार्च गरेका छन् । शनिबार राति विराटनगरको हिमालय रोडदेखि महानगरपालिकाको कार्यालयसम्म युवाहरूले जलवायु मार्च गरेका हुन् । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका...

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले...

मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

  विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आज नाटक मञ्चनसँगै कविता...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।...

एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध...