विराटनगर । विराटनगर जेसीजद्वारा मुस्लिम धर्मावलम्बीको पबित्र चाड रमदानको अवसर पारेर हरेक दिन बर्त बस्ने बर्तालुहरुलाइ इफ्तर भोज को आयोजना गरिएको छ । विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरुको सहभागीता रहेको थियो ।
विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार नेपाल बहु साँस्कृतिक मुलुक भएका कारण सबै धर्मलाई समान ढङ्गले हेरिने गरिएको र धार्मिक सहिष्णुता कायम राख्न पनि एक धर्म र अर्को धर्मका बिच आपसी भाइचाराको बिकास हुनु पर्ने र आफुले सोही अनुरुप सबैलाई समेट्दै यस कार्यक्रमको आयोजना गरिएको बताए।
विराटनगर जेसीजका पुर्व अध्यक्ष गोपाल गुप्ताले समुदाय जोड्ने कडिका रुपमा जेसीजद्वारा आयोजना गरिएको कार्यक्रम प्रशंसा योग्य रहेको बताए । मुस्लिम समुदायका अगुवा तथा युवा राजनितिज्ञ वसिम आलमले यस किसिमको भिन्न समुदायका युवाहरुका लागि अन्य धर्मावलम्बीले इफ्तर आयोजना गरेको आफुले थाह नपाएको र जेसीजले यस किसिमको कार्यक्रम आयोजना गरेर आपसी सद्भाव र भाइचारा बढाउन गरेको योगदानको आफुहरुले उच्च कदर गर्ने बताए ।
कार्यक्रममा सामाजिक अभियानता चाँदबाबू इराकी , युवा नेता मुसरफ खान लगायत मुस्लिम समुदायका युवाहरुको उल्लेख सहभागिता रहेको थियो भने , विराटनगर जेसीजका पुर्व अध्यक्ष , बोर्ड तथा पदाधिकारी , सद्स्य , जुनियर जेसीज लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमका कार्यक्रम सयोजक अभिषेक गौतमले जानकारी दिए ।