विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-१, रामनगर, भुटाहामा धार्मिक हिंसा भड्किएको छ । मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएको हो ।
बिहीबारदेखि भड्किएको हिंसा हालसम्म जारी रहँदा तनावग्रस्त भुटाहाको स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेकाे छ । स्रोतका अनुसार प्रहरीले गोली चलाएको छ । घटनामा केही सुरक्षार्मीसहित दर्जनौं घाइते भएका बताइएको छ ।
हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय हिंसामा उत्रिएका हुन् । मेहतामाथि बिहीबार कुटपिट भएकाे थियाे ।
सामाजिक सञ्जालमा आइरहेका भिडियोहरूमा मुस्लिम समुदाय लाठी लिएर सामूहिक आक्रमणमा उत्रिएको देखिन्छ ।
घटनाको भिडियो खिचेका एक पत्रकारमाथि समेत मुस्लिम समुदायले निर्घात कुटपिट गरेको जनाइएको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका छोरा फैजान अन्सारीसमेत आक्रमणमा उत्रिएको भिडयो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
यस विषयमा बुझ्न हामीले सुनसरीका एसपी र डीएसपी दुवैलाई सम्पर्क गरेका थियौं । एसपीले आफू बाहिर व्यस्त रहेको बताउँदै डीएसपीसँग बुझ्न भने । डीएसपीलाई सम्पर्क गर्दा उनले पछि कुरा गरौं भने । फोनमा उनले ‘हवाई फायर गर्नुपर्छ’ भनिरहेकाे सुनिएको थियो ।
Post Views: 0