काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरू भएको छ । पारिवारिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैतबाट प्रसारण सुरू भएको हो ।
यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७:३० बजे मी टीभी साथै ८:०० बजे युट्युब च्यानल एभरेष्ट डिजिटलबाट प्रसारण हुने निर्देशक अनुरागले जानकारी दिए ।
टेलिचलचित्रमा रा बाबु रेग्मी, अस्मिता बस्नेत, सन्तोष सिवाकोटी, इच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल , सन्तोष थापा, सुमन विष्ट , नवराज पनेरू, सिर्जना भुजेललगायतका कलाकारको अभिनय छ । इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कस्यप घिमिरे छायांकन तथा क्यामारून मियाँको सम्पादन रहेको छ ।
शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी ’ मा निदेश अधिकारी निर्माता हुन् भने उक्त टेलिचलचित्र मी टिभीको प्रस्तुतिको रहेको छ ।
निर्देशक अनुरागको अर्को टेलिचलचित्र ‘खहरेघाट’ नेपाल टेलिभिजनमै शनिवार राति ९:३० बजे प्रसारण हुँदै छ ।
Post Views: 0