झ्याप्प-झ्याप्प विराटनगरको बिजुली, ठप्प-ठप्प काम !

झ्याप्प-झ्याप्प विराटनगरको बिजुली, ठप्प-ठप्प काम !

 राष्ट्रिय डेली

पवन खड्का

विराटनगर । विराटनगर जलस्रोतमा विश्वको दोस्रो धनी देश नेपालको संघीय राजधानी काठमाडौंपछिको दोस्रो ठूलो र देशका सात प्रदेशमध्ये एक कोशी प्रदेशको राजधानी शहर हो । यति भनेपछि यहाँको विकासबारे सहजै अनुमान हुन्छ कि यो एक विकसित शहर हुनुपर्छ । अरू कुरामा सन्तोषजनक नै विकास भएको मान्ने हो भने पनि एउटा कुराले भने विराटनगरवासी हत्तु-हैरान छन् । र, त्यो कुरा हो छिनछिनमा झ्याप्प-झ्याप्प गएर काम प्रभावित पारिदिने विद्युतको । आएर छिनमा जाने, जुनसुकै बेला पनि जाने र गएको कति बेलापछि आउँछ भनेर बकुल्लाले नदी किनारमा माछा पर्खिएझैं पर्खिनुपर्ने विराटनगरको विद्युतको विशेषता हो ।

वर्तमान युग सूचना, सञ्चार तथा विज्ञान र प्रविधिको अत्याधुनिक युग हो । कार्यालयीयदेखि व्यक्तिगत थुप्रै कामहरू विद्युतीय उपकरणमा निर्भर हुन्छन् । त्यसमाथि अधिकांशसँग विद्युत नहुँदाको वैकल्पिक ऊर्जा र ऊर्जा सञ्चयको माध्यम हुँदैन । यस्तो अवस्थामा विराटनगरको विद्युतको यस खालको समस्याले उपभोक्तालाई कति हैरान पारेको होला, हरेकले अड्कल गर्न सक्ने कुरा हो । यो समस्याले कार्यालयीय र व्यक्तिगत मात्र नभई सेवाप्रदायकले विद्युतीय उपकरणको सहायताले सेवाग्राहीलाई प्रवाह गर्नुपर्ने र सेवाग्राहीले लिनुपर्ने सेवासमेत प्रभावित भइरहेको छ ।

मानौं, तपाईं विद्युतीय उपकरणमा निर्भर रहने कुनै कामको योजनामा हुनुहुन्छ अथवा काम गरिरहनुभएको छ । तर, विद्युत नभएकै कारण दैनिक तपाईंको काममा अवरोध पुगिरह्यो, काम सुरू नै गर्न पाउनुभएन, सुरू गरे पनि बीचमा विद्युत गएर काम अधुरै रहने समस्या बारम्बर भइरह्यो भने यो समस्याले तपाईं आजित बन्नुहुन्छ कि बन्नुहुन्न ? निश्चय नै बन्नुहुन्छ । विराटनगरमा विद्युतले उपभोक्तालाई दिने समस्या हुबहु यस्तै हो । विकासको महत्त्वपूर्ण पूर्वाधारमध्ये एक विद्युतले व्यस्त शहर विराटनगरमा दिइरहेको समस्याले प्रतिबिम्बित गर्दछ कि देशका दुर्गम ग्रामीण भेगमा झन् विद्युतको यस्तो समस्या कति होला !

उत्पादन क्षमताअनुसारकाे उत्पादन गर्न सक्ने हो भने नेपाल बाह्य देश विद्युत निर्यात गरेरै आर्थिक समृद्धि हासिल गर्न सक्ने देश हो । तर, यही देशको एक प्रमुख शहर विराटनगर विद्युतको पट्यारलाग्दो समस्या झेल्न बाध्य छ । अझ लज्जास्पद विषय त के छ भने आगामी दश वर्षभित्र दश हजार मेगावाट विद्युत भारत निर्यात गर्ने हाँक लगाइरहेको नेपाल उसैसँग विद्युत किनिरहेको छ, जसलाई बेच्दैछ ।

दैनिक दर्जनभन्दा धेरै पटक, घरि गएर आएको मिनेट नपुग्दै जाने विराटनगरको विद्युतले विद्युतीय माध्यमबाट गरिने कामहरूमा पुर्‍याउनुसम्म बाधा पुर्‍याएको छ । विद्युतको यस्तो समस्या विराटनगरवासीले कहिलेसम्म झेल्नुपर्ने हो, कुनै ठेगान छैन ।

विराटनगरमा विद्युतको समस्याका कारण उत्पन्न हालसालैको एक घटना स्मरण हुन्छ । विराटनगरको एक स्कुलले एक होटेलको हलमा आफ्नो औपचारिक कार्यक्रम आयोजना गरेको थियो । स्कुलले अतिथिहरूलाई मञ्चमा आसीन गराएर आफ्नो मुख्य कार्यक्रम सुरू गरेको केही बेरमै विद्युत गएर कार्यक्रम हल अन्धकार भयो । गर्दागर्दैको कार्यक्रम रोकियो । केही बेरपछि आएको विद्युत दोस्रोपल्ट फेरि गएको थियो ।

यसरी विद्युतका कारण विराटनगरमा यस्ता समस्याहरू दैनिक भइरहन्छन् । वर्तमान परिप्रेक्ष्यमा विद्युत मानिसका धेरैजसो काममा सहयोगी र कतिपयमा अनिवार्य आवश्यक हुन्छ । अहिले गर्मीको मौसम छ । विराटनगर गर्मीको मौसममा प्रचण्ड गर्मी हुने क्षेत्र हो । यहाँ अझ कति गर्मी हुने हो, भनिहाल्न सकिँदैन । गर्मीको समय शीतलताका लागि फ्यान वा एयरकन्डिस्नर चलाइरहनुपर्ने हुन्छ । यदि विद्युत भएन भने ‘उफ् उफ्’ गर्दै पसिनाले भिज्नुको विकल्प नहुन सक्छ । विद्युतको समस्याको यो क्रम जारी रहे विराटनगरवासीले त्यसबाट उत्पन्न अवरोध र कठिनाइ त झेलिरहनु पर्ने नै छ ।

adv-single
सम्बन्धित समाचार

रोहिणी रसिकको कृति ‘छन्द उपासना’ विमोचन

  विराटनगर । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपासना’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आयोजना गरेको कार्यक्रममा ‘छन्द उपासना’कविता सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. टङ्क न्यौपाने,...

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...