विराटनगर । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुखको निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य हुन् भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन् ।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
Post Views: 1