विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो । ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रूपैयाँ बढेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Post Views: 0