नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

 राष्ट्रिय डेली

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् ।

मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका हुन् ।

नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भएपनि अहिले आएर मिर्मिरेको नियमावली लागू भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।

बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले व्यवस्थापन पक्षलाई गत चैत ३० गते विगतमा भएका सम्झौँता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्र समेत पठाएको थियो । तर व्यवस्थापन पक्षले बेवास्था गरेपछि आन्दोलित हुनुपरेको कर्मचारी यूनियन अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

मर्ज भइसकेपछि व्यवस्थापन पक्षले साबिकको नेरुडेका कर्मचारीहरूलाई सम्झौता भन्दा फरक व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको ढुङ्गानाले बताए ।

कर्मचारी यूनियन र व्यवस्थापन पक्षबीच भएको सम्झौता व्यवस्थापन पक्षबाट सम्बोधन हुनेगरी कदम नचालिएको अवस्थामा आन्दोलनमा उत्रने र यसको जिम्बेवारी व्यवस्थापन पक्ष हुने भन्दै यूनियनले व्यवस्थापन पक्षलाई पठाएको पत्रमा समेत उल्लेख गरिएको छ ।

२ ग्रेडको रकम बहिष्कार गर्ने, नेरुडे मिर्मिरेद्वारा आयोजित बैशाख ३ गतेको कार्यक्रम बहिष्कार गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने साथै आवश्यकता अनुसार आगामी कदम चाल्ने भन्दै व्यवस्थापन पक्षलाई पत्र पठाएको र सोही अनुसार आजको कार्यक्रम बहिष्कार गरिएको कर्मचारी यूनियन अध्यक्ष ढुङ्गानाले उल्लेख गरे ।

‘हामीले नेरुडे व्यवस्थापन पक्षसँग गरिएको सहमति कार्यन्वयन हुनुपर्छ भनेका हौँ’, ढुङ्गानाले भने, ‘तर सहमति कार्यान्वयन भएन । ४ ग्रेड हामीलाई दिन्छौँ भनेको थियो तर त्यसो भएन । हाम्रो माग सम्बोधन नभएसम्म काम ठप्प पार्छौँ । हामी मिर्मिरेमा आवद्ध कर्मचारीहरूलाई पनि सँगै लिएर जान्छौँ । किनभने मिर्मिरे र नेरुडे एक भइसकेको अवस्थामा सबै कर्मचारीलाई समेट्नु हाम्रो कर्तव्य हो ।’

व्यवस्थापन पक्षले साबिकको मिर्मिरेमा कार्यरत कर्मचारीको मात्रै तलब बृद्धि गरेको साबिकको नेरुडे र हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचरी शिवकुमार मेहताले बताए । उनले आन्दोलनमा उत्रनुको मूख्य कारण पनि यहि भएको बताए ।

व्यवस्थापन पक्षले आफ्ना मागहरू सम्बोधन गर्छ भन्ने विश्वास रहेको साबिकको नेरुडे हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी भुवन अधिकारीले बताए । उनले व्यवस्थापन पक्षले तत्कालै मागहरू सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए ।

यस विषयमा आफुलाई केही जानकारी नभएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख घनश्याम चौधरीले बताए । उनले कर्मचारीहरू किन आन्दोलित भएका हुन् भन्ने समेत आफूलाई जानकारी नभएको उल्लेख गरे । आन्दोलनमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत देशैभरका कर्मचारीहरू उपस्थित भएका थिए ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...