निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

 राष्ट्रिय डेली

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन पूर्ण रूपमा निषेध गरिएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरूत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...