सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

 राष्ट्रिय डेली

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

adv-single
सम्बन्धित समाचार

गिरी फाउण्डेसनद्वारा मोरङ कारागारमा स्वास्थ्य शिविर सम्पन्न

  विराटनगर । गिरी फाउण्डेसनले मोरङ कारागारमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा गिरी फाउण्डेसनले मोरङ कारागारमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा मोरङ कारागारमा रहेका...

बाख्राले बाली खाएको निहुँमा बन्दुक प्रहार गरी हत्या

भोजपुर । भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा विवाद हुँदा उनले...

लहानको टाइम्स एजुकेशनका विद्यार्थीहरु अर्किड कलेजको शैक्षिक भ्रमणमा

  सिरहाको लहान स्थित टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टरले ब्रिजकोर्ष गरिरहेका १५० भन्दा बढि विद्यार्थीहरुलाई विराटनगरमा रहेको अर्किड कलेजको शैक्षिक भ्रमण गराएको छ । टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टरले आज एसईई दिएर व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई...

विराटनगरको विभिएसमा फेसन डिजाइनिङको पठन पाठन शुरु

  विराटनगर । विराटनगरको विभिएसले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ र व्यवस्थापन विषयको पठन पाठन सञ्चालन गर्ने भएको छ । विराटनगरमा रहेर एउटै क्षेत्रमा विभिन्न विकल्प सहितका विषयहरू अध्यापन गराउँदै आएको विभिएसले होटल म्यानेजमेन्टसँगै हस्पिटालिटी...

इडेनवर्ग कलेजले गर्‍यो विद्यार्थीहरूको स्वागत र बिदाइ

विराटनगर । विराटनगर ९ स्थित इडेनवर्ग कलेजले स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बिहीबार विराटनगरस्थित होटल मनास्लु इनमा एक कार्यक्रम...

एक हजार आठ सयले घट्यो सुनको मूल्य

  विराटनगर । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज १ लाख ३६ हजार नौ सय निर्धारण भएको छ ।...

प्रेस युनियन कोशी प्रदेशले गर्‍याे अग्रज पत्रकारलाई सम्मान

विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले अग्रज पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष...

सन्दीपले पाएनन् अमेरिका जाने भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका...

३० औं पटक सगरमाथा शिखरमा कामीरिता

काठमाडौं । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका...

पर्वतीय समुदाय जलवायु परिवर्तनको जोखिममा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय सबैभन्दा जोखिममा रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु...

नेपालमा हिउँ पग्लिँदा बंगलादेशको अस्तित्व खतरामा पर्ने चिन्ता

काठमाडौं । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको...

काभ्रेमा मृत भेटिए दम्पती

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका-४, तीनखुट्टेमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै...