विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् ।
थापा महिलाहरूको लागि मार्शल आर्ट, माइन्डफुलनेस र आत्मरक्षा मार्फत युवा व्यक्तिहरूलाई शसक्तिकरण गर्न समर्पित गैर–नाफामुखी संस्था, एक्शन फर नेसन्सका अध्यक्ष र संस्थापक हुन् ।
आफ्नो नेतृत्व र सामाजिक कार्यमा प्रतिबद्धताको माध्यमबाट थापाले समुदायका धेरै व्यक्तिहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पारेका छन् ।
एक्शन फर नेसन्ससँगको आफ्नो कामको अलावा थापा भारत र नेपाललगायत क्षेत्रमा सडकका कुकुरहरूलाई आश्रय, खाना र चिकित्सा हेरचाह प्रदान गर्ने लगायत मानवीय प्रयासहरूमा पनि सक्रिय रूपमा संलग्न छन् ।
Post Views: 0