घरपटी दिदीलाई तीन महिनाको कोठा भाडा दिनु थियो । भुँईतल्लामा दुईवटा सुत्नेकोठा र एउटा किचन लिएको थिँए । तीन महिनाको भाडा पन्घ्र हजार खनखनी गनेर गोजीमा राखेँ । घरको दोश्रो तल्लामा चढेँ । दिदीले बस्ने अनुरोध गरे पछि बसेँ । दिदीलाइ चिनिरोग लागेको रहेछ । एउटा सानो मेसिनमा आफैँले रगत जाँच गर्दै रहिछिन् ।
मैले दिदिलाई तीन महिनाको भाडा लिनुस त, भनेर रुपिँया थमाएँ । अनि यो मेसिनले कसरी सुगर जाँच गर्ने भनेर सोधेँ । दिदीले मलाई जाँच गर्ने तरिका बताइन् र अन्त्यमा बोलिन – यो सुगर जाँच गर्ने मेसिन छोराले ल्याइदियो र मलाइ जाँच गर्ने तरिका पनि सिकाइदियो । चार बर्ष भो मलाई सुगर भएको अहिले चौहत्तर पुगेँ । सत्तरीमा सुगर लाग्यो । छोरा के काम गर्नुहुन्छ ? सोधेँ
त्यही क्या त, हाम्रो गेट छेउको चिया पसल उसैको त हो नि । मैले पसल थाप्न जग्गा दिएकी हुँ । मासिक एक हजार जमिनको भाडा दिन्छ । मलाइ भाडा दिनु पर्दैन भो नदे भनेको मान्दैन । बुहारी छ,े एउटा छ बर्षको नाति छ । खाना त्यहिँ चियापसलमै पकाएर खान्छन् । छोरो पसलमै सुत्छ बुहारी र नाति सिँडिमुनिको सानो कोठामा सुत्छ्न । त्यसको भाडा मैले लिने गरेको छैन । यति बोलेर उनले सुगर जाँच गर्ने मेसिन झोलाभित्र राखिन् ।
‘दिदिको छोरा त सार्है असल हुनुहुँदोरहेछ नि ?’ बोलेँ
‘भगवानको कृपाले मैले सार्है असल छोरो पाएकी छ ।’ मेरो साह्रै धेरै हेरबिचार गर्छ । मलाई दवाइ पानी दिने डाक्टरकोमा लाने, ल्याउने सबै काम गर्छ । बुहारी पनि उस्तै असल छे । फलफुल तरकारी चामल सबै चाहिने जति सामान पैसा दिएपछी यसैले किनेर ल्याइदिन्छे । खाना आफैँ पकाएर खान्छु । भाँडा बुहारिले माझिदिन्छे…..। यति बोलेर दिदी रोकिइन् । फेरि गला बसेको स्वर निस्कियो – मेरो हजुर अचानक स्वर्ग हुँदा यहि छोराले उठाएर तुलसीको मोठमा निकाल्यो । मलाई यसको धेरै मायाँ लाग्छ । बरगाछी चोकमा मेरो नामको तीन कठ्ठा जमिन छ । पाँच धुर जति यसलाई दिन पाए यसको बास बस्ने ठाउँ हुन्थ्यो भन्ने लागेको छ ।
छोरालाइ अंश दिन किन नपाउनु र दिदी ? मनमा दिदीका कुराले अचम्म बनाए पनि सामान्री बनेर प्रश्न सोधेँ ।
दिदीले अलिकती मुस्कुराउदै जवाफ दिइन– यो मेरो अंश खाने छोरो होइन । मेरो अंश खाने छोराहरु अरु नै चारजना छन् । ती अंश खाने छोराहरु हुन्, डा. अशोक र डा. मधु दुई जना जेठो र माइलो टिचिङ हस्पिटल महाराजगञ्जमा बस्छ्न । साँहिलो र तारा किर्तिपुरमा प्रोफेसर छन् । उतै बस्छन् । कान्छो अमृत काठमाडौ महानगरपालिकाको इन्जिनियर छ, क्वाटरमै बस्छ । सबै जना दसैँमा टीका थाप्न आएका थिए ।
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...
विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...
विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...
विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...
विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...
विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...
विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...
विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...
विराटनगर । वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा...
विराटनगर । ग्रामथान गाउँपालीकामा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरु एक भएका छन् । नेपाली कांग्रेसका मोरंङ सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।