सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

 राष्ट्रिय डेली

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन ।

लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन् ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छ । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचार

ईडेनवर्ग कलेजका विद्यार्थीले ल्याए ८३ प्रतिशत नतिजा सहित ६ जनाले डिस्टिङ्सन

  विराटनगर । विराटनगरको ईडेनवर्ग कलेजमा अध्ययनरत विद्यार्थी शत्रुधन यादवले ८३ प्रतिशत नतिजा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालयले लिएको विविएस अन्तिम बर्षको परिक्षामा यादवले ८३ प्रतिशत नतिजा ल्याएको कलेजले बताएको छ । त्यसैगरी कलेजमा अध्ययनरत...

सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

  विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ४ चैता स्थितमा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत...

शेयर बजारमा गिरावट

विराटनगर । आज सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर...

एमालेलाई एक लाख जरिवाना तिराउन महानगरले काटेको पत्र खारेज गर्न माग

विराटनगर । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई फोहोर गरेको भन्दै एक लाख जरिवाना पत्र काटेको विषय बैठकमा प्रवेश भएको छ। हिजो ९आइतबार० काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा महानगरपालिका वडा(२१ वडाअध्यक्ष उदयचूडामणि बज्राचार्यले नियोजित ढंगले उक्त...

महानगरको अनलाइनमा छापिएको समाचार मात्रै आधिकारिक हुने : बालेन

विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्। हिजो (आइतबार) काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास...

दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव विफल

  विराटनगर । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

विराटनगर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा...

कालोझण्डा देखाउन छाडेर पर्यटन विकासमा लाग्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि...

 प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका...

स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चार वटा पदमार्ग निर्माण गरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मूल आधार भएको बताएका छन् । आज (आइतबार) विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको...

रवि लामिछानेलाई थप चार दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। आइतबार कास्की...

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशत

  विराटनगर । अमेरिकामा बेरोजगारी दर ४।२ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो। विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो बीएलएस अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको...