जुगेश दास
सुनसरी, २३ बैशाख । दोस्रो चरणको कोरोना महामारी तिब्र गतिमा फैलिरहेका छ । जसको नियन्त्रण तथा रोकथाम गर्नको लागि सुनसरीमा पनि निशेधाज्ञा जारी गरिएको छ । तर, निशेधज्ञाको समयमा पनि लघुवित्त वित्तीय संस्थाहरूले गाउँगाउँमा पुगेर किस्ता उठाउँदा कोरोनाको जोखिम बढेको स्थानियले बताएका छन् ।
यस्ता संस्थाले नियमित रुपमा सुनसरीका विभिन्न स्थानमा गएर बचत संकलन गर्ने, ऋण लगानी गर्ने र असुली गर्ने नाममा नियमित बैठक गर्दा कोरोना संक्रमणको जोखिम बढेको हो ।
उक्त संस्थामा काम गर्ने कर्मचारीहरूले भने आफुहरूलाई कार्यालयले नै पठाएकाले आउने गरेको बताउछन् । यस विषयमा पछिल्लो समय प्रहरीले पनि निगरानी बढाउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता डिएसपी नरेन्द्र कार्कीले कोरोना संक्रमणको जोखिमका बिच यस्ता संस्थाहरूले भिडभाड गरेको पाइए सुचना दिन आग्रह गरेका छन् । महामारीको अवस्थामा गाउँगाउँमा गएर भिडभाड गरेको पाईए त्यस्ता संस्थालाई तत्काल कारबाही गर्ने उनले बताए ।
Post Views: 2