काठमाण्डौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७३१५ जनाको पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा ८४१८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । यसैबीच गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको मृत्युभएको छ । नेपालमा अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
Post Views: 128