विराटनगर, २६ बैशाख । आइतबार बिहान पानी सहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । उक्त चट्याङमा परेर मोरङको रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परि गम्भिर घाईते भएका उनलाई रंगेली अस्पतालमा पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ बर्षीय मुक्तर मिँया अन्सारी र उनकी श्रीमती २६ बर्षीया जाननारा खातुन चट्याङमा परेर घाईते भएका छन् । उनीहरू घरमा बसिरहेको अवस्थामा चट्याङको झड्का लागेको थियो । उनिहरूको कोसी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Post Views: 7