हाम्रो कसैसित प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं

हाम्रो कसैसित प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं

 राष्ट्रिय डेली

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ इच्छाशक्ति लिएर आफू अगाडि बढेको बताउने कोइराला पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने आफ्नो संकल्प रहेको सुनाउँछन् । चुनावी प्रचार, एजेण्डा, चुनाव जित्ने आधारलगायतका विषयमा केन्द्रित रहेर मोरङ कांग्रेसका उपसभापतिसमेत रहेका मेयरका उम्मेदवार कोइरालासितको कुराकानीको सार–

नागेश कोइराला
गठबन्धनबाट मेयरका उम्मेदवार, विराटनगर

चुनाव कस्तो लागेको छ ?
उम्मेदवार भएपछि स्वभाविक रुपमा चुनाव त लाग्ने नै भइहाल्यो नि । घरदैलो, कोणसभा, भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छु । भेट्न नसकेका महानुभावहरूलाई फोनबाटै भए पनि भोट मागिरहेको छु । यो अन्तरवार्तामार्फतबाट पनि मसहित गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव र १९ वडाका अध्यक्षसहित सदस्यहरूलाई भोट हाल्न अपिल गर्दछु ।

घरदैलोमा पुग्दा महानगरवासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
महानगरवासीको प्रतिक्रियाले म निकै उत्साहित भएको छु । नागेश कोइराला मेयर भयो भने पक्कै पनि विराटनगर बनाउँछ भन्ने धेरैमा आशा र भरोसा पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । मैले तरुण दल र पार्टीका विभिन्न तहमा बसेर काम गर्दैगर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ । महानगरवासीका दुःखसुखमा साथै रहें । त्यही भएर पनि मेरो उम्मेदवारीले महानगरवासीमा एक किसिमको आशा जगाएको छ ।

महानगरवासीमा तपाईंको उम्मेदवारीले उत्साह जगाउनुका कारण ?
म विराटनगरमै जन्मे, हुर्कें बढे, पढें । मलाई यहाँको अघात माया छ । विराटनगरको धुलोका कण–कणमा मेरो सम्बन्ध छ । त्यसो भएकाले म विराटनगरलाई धेरै माया गर्छु । विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । मैले भन्दै आएको छु पाँच वर्षे कार्यावधि पूरा गरेर महानगरबाट बाहिरिँदै गर्दा महानगरवासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु । अर्को के हो भने मलाई कुनै लोभलालच छैन । भ्रष्टाचारलाई शून्यमा झार्छु । नागेश कोइराला मेयर भयो भने पक्कै भ्रष्टाचार गर्दैन, जे बोल्छ त्यो गर्छ भन्ने महानगरवासीलाई अवगत छ । म जनतालाई दुःख दिने काम गर्दिन । महानगरबाट प्रवाह हुने सेवालाई सरलीकृत बनाउँदै प्रविधिमैत्री बनाउनेछु । हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउनेछु । मेरो काम गर्ने शैली अलि फरक पनि छ । यिनै आधारले गर्दा मेरो उम्मेदवारीले महानगरवासीमा उत्साह जगाएको हुनुपर्छ । अर्को कुरा म पाँच दलीय गठबन्धनबाट मेयरमा उम्मेदवार छु भने उपमेयरका उम्मेदवार पनि गठबन्धनबाट अत्यन्तै क्षमतावान र केही गर्नुपर्छ भन्ने पवित्र भावना बोकेका युवानेता अमरेन्द्र यादव हुनुहुन्छ । हाम्रो भिजन, हाम्रो काम गर्ने शैली, हाम्रा योजना, समाजमा हाम्रो छविलगायतका कारणले पनि मतदाता उत्साहित भएको हुनुपर्छ ।

के कस्ता एजेण्डा लिएर मतदाताबीच पुगिरहनु भएको छ ?
पार्टीका केन्द्रीय सदस्य भीम पराजुली नेतृत्वको जनप्रतिनिधिले सुरु गरेका कामलाई निरन्तरता दिँदै विराटनगरको विकास गर्ने थुप्रै एजेण्डाहरू छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । त्यो प्रतिबद्धतापत्रमा धेरै कुराहरू समेटेका छौं । मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने छ । म जे बोल्छु त्यो गरेर छाड्छु । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो ‘म जे बोल्छु त्यो गर्छु’ मैले यो भनाइलाई प्रेरणाका रुपमा लिएको छु । त्यसो भएकाले मैले धेरै ठूला योजना अघि सारेको छैन । महानगरवासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन् । पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो । यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ । तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ । भ्रष्टाचार मात्रै नहुने हो भने विराटनगर मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो । भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु । महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु । महानगरका विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खतप गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान र डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्धन निर्माण गरी दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चापलाई कम गर्ने योजना छ । यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् मसित । स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन् । यहाँ विस्तृतमा भनेर साध्य छैन । सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, सुरक्षित अनि विराटनगरवासीले गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार विराटनगरलाई पाँच वर्षभित्र मुलुककै नमुना महानगर बनाउनेछु ।

यति धेरै योजना सुनाउनु भयो, अनि महानगरको सीमित स्रोतले कसरी पूरा गर्नुहुन्छ ती योजना ?
पक्कै पनि हो महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ । तर, पूरा गर्न सकिन्छ । प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन् । उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ । यसभन्दा अगाडि पनि एडीवीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ । अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीवी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ । अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ । उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ । मात्रै इच्छाशक्ति र भिजन चाहियो मसित यी दुवै छन् । यसबाहेक विराटनगरमा ठूला मन भएका उद्योगी व्यवसायीहरू हुनुहुन्छ । उहाँहरूसित मिलेर धेरै काम गर्न सकिन्छ । यसभन्दा अगाडि कोशी कोभिड अस्पताल बनाउँदा यहाँका उद्योगी व्यवसायीहरूले मन फुकाएर सहयोग गर्नु भएको कुरा त तपाईंहरूकै मिडियाहरूमा पनि आएको थियो । यहाँको निजी क्षेत्रलाई पनि सँगसँगै लिएर हिंड्न सकिन्छ । उहाँहरूले विगतदेखि नै विराटनगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । यसका लागि मसित स्पष्ट योजना छन् । विराटनगर बनाउने दृढ इच्छाशक्ति छ ।

चुनाव जितिनै सकेको जस्तो गरी भन्नुभयो, जितका आधार के छन् तपाईंसित ?
पहिलो त कांग्रेसको संगठन नै हो । विराटनगर कांग्रेसको गढ पनि हो । कांग्रेस एक्लै चुनावमा लड्दा पनि विराटनगरमा जित्छ । अर्को जसपासित केन्द्रैदेखि गठबन्धन छ हाम्रो । दुईवटा पार्टीको तालमेल नै जितको आधार हो । अर्को हामीले अघि सारेका एजेण्डा पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ मलाई । यसबाहेक अर्को आधार सोध्नुहुन्छ भने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय नेताहरू महेश आचार्य, डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली मात्रै होइन पार्टीका आमकार्यकर्ताहरू पनि कांग्रेसलाई जिताउन रातदिन नभनी लाग्नु भएको छ । बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, समाजसेवी, उद्योगी, व्यवसायी सबै क्षेत्रका व्यक्तिहरु पनि हामीलाई जिताउन लागिरहनु भएको छ । अर्को कुरा एमाले भनेको हावादारी गफ दिने पार्टी हो भन्ने आमजनतामा परिसकेको छ । विराटनगरमा हाम्रो कसैसित पनि प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं भन्दा हुन्छ ।

तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्दै आउनु भएको छ नि, त्यो सम्भव छ ?
म सकारात्मक सोच भएको व्यक्ति हुँ । हामी सबै मिल्यौं भने सक्छौं । भनाइ नै छ मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ । यदि मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानीलाई सफा गर्न गाह्रो पर्छ । त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार गरिँदा भने अरुले पनि गर्ने आँट गर्दैनन् । यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ ।

 

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...