रिजा कार्की
बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना बाहिरिने क्रम बढेको हो। नत्र त अहिले पनि अझै पनि हाम्रो समाजमा त्यस्ता धेरै चेलीहरु छन् ,जसले यश विरुद्ध आवाज उठाएका छैनन्। यौन हिंसा तथा दुर्व्यवहार सहेर बस्नु नै अन्तिम विकल्प हो भन्ने दिदिबहिनीहरु अहिले पनि उतिनै छन्।
बलात्कारको बिषयलाइ लिएर अझैपनी हाम्रो समाज परिमार्जित हुनसकेको छैन भन्ने कुराको ज्वलन्त उदाहरण पछिल्लो समयको सुष्मिता रेग्मीको केसले छर्लङ्ग बताउछ। अहिले पनि एउटि केटिले आफुमाथी भएको यौन दुव्र्यवहार विरुद्ध आवज उठाउँदा मैले न्याय पाउछु कि तिरस्कार भनेर सँयौ पटक सोचनुपर्ने अवस्था छ। कुनै पीडितले आफू यौन दुर्व्यवहारमा परेको कुरा व्यक्त गरिरहदा हाम्रो समाजले बलात्कारीले गलत गर्यो भन्नेपटि कम सोच्छ तर बलात्कृत महिलाको चरीत्रमाथी प्रश्न उठाउन बढी भ्याउँछ। बलात्कृत महिलाको न्यायका लागि कम बोल्छ तर समाजमा कुरा काट्न बढी समय खर्चिन्छ। पीडितलाई साथ, सहयोग र हौसला दिन कम फुर्सद हुन्छ तर उसलाई डिप्रेसनको संज्ञा दिन बढि फुर्सदिलो हुन्छ। अझैपनि हाम्रो समाजको संस्कार बदलिएको पाइदैन। यहाँ एउटा बलात्कारी छाती फुलाएर हिड्छ तर पीडित भने घुम्टोभित्र बस्नुपर्ने अवस्था छ। पीडितको पक्षमा लाग्ने सामाजिक चेतना अझै पनि बढ्को देखिदैन। हिंसा गर्नेलाइ सजाय दिनु साटो हामी पीडितलाई दोष दिन्छौ। पीडितका कुरामाथी उल्टै प्रश्न उठाउन थाल्छौ। हाम्रो समाज बलियालाइ सजाय दिन भन्दा कमजोरलाई गाली गर्न सजिलो मान्छ।
छोरीले घरबाट बाहिर निर्धक्क हिंड्न डरमर्दो छ भन्नुको अर्थ आफ्ना नजिकका आफन्त गलत हुन सक्छन्, छर-छिमेकी गलत हुन सक्छन या आफ्नै दाजुभाइ पनि गलत हुन सक्छन भन्नू हो। यसो भनिरहदा म सम्पुर्ण आमाहरूप्रती यो निवेदन गर्न चाहन्छु कि तपाईकी घरकी छोरीलाइ घरबाट बाहिर निस्किन नरोक्नुस आमा । १ मात्र तपाइको घरको छोरोलाइ राम्रो संस्कार दिनुस तपाईकी छोरीले बाटोमा हिड्दा शिर झुकाएर हिड्नुपर्ने बाध्यता आफै हटेर जानेछ। भनिन्छ, भगवान पनि मानिसभित्रै हुन्छ, राक्षस त्यही हुन्छ। जसले बढि जित्छ, उ त्यही बन्छ। मानिसलाई अपराधिक कृयाकलाप गर्न उसको मानसिकताले पनि भुमिका खेलेको हुन्छ। यसर्थ हरेक घरमा यौन शिक्षाका कुरा गर्न जरुरी छ किनभने यहाँ यौनलाई अश्लीलतासंग जोडेर हेर्ने र यश बिषयमा सार्बजनिकरुपमा कुराकानी गर्नुलाइ समाजको मर्यादा विपरीत ठान्ने मनोबिज्ञान हावी छ। सार्बजनिक छलफलको बिषय त परको कुरा, शिक्षकले पाठ्यक्रममा पढाउदा होस या बिद्यार्थीले पढ्दा, यौनका बिषयलाइ लाजको बिषयकारुपम लिने प्रवृति छ। यसो हुनुको प्रमुख कारण यौन शिक्षाको महत्त्व र सान्दर्भिकतालाई नबुझ्नु नै हो।
आजसम्म सर्बजनिक भएको बलात्कार तथा यौन दुव्र्यवहारको घटनाको कानुनी प्रक्रियाले नेपालमा पीडितले न्याय पाउनु असम्भव छ भन्नेकुराको सङ्केत गर्छ। आज नेपाली नागरिकहरु आफ्नो न्याय मागन न्यायलय पुग्दा उल्टै निराशा र तिरस्कार लिएर फर्किनुपर्ने अवस्था छ। अब एउटि पीडितले न्याय मागन न्यायलय पुग्दा गर्व गरेर फर्किनसक्ने कानुन आओस, एउटा बलात्कारी छाती फुलाएर हिड्ने तर पीडित भने घुम्टोभित्र लुकेर बस्नुपर्ने परिपाटीको अन्त्य होस, एउटि महिलाले बलात्कृत भए भन्दै गर्दा उसलाइ गाली र तिरस्कार होइन साथ र हौसला मिलोस ताकी प्रत्येक पीडितले आफ्ना कुरा निर्धक्क बाहिर लिएर आउनसक्ने वातावरण मिलोस।