भाषा, साहित्य र संस्कृतिको विकासमा महानगर लागिपरेको छ : मेयर कोइराला

भाषा, साहित्य र संस्कृतिको विकासमा महानगर लागिपरेको छ : मेयर कोइराला

 राष्ट्रिय डेली

 

विराटनगर ÷ विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताएका छन । विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महानगरले जोड दिएको बताए ।

उनले केही समय अगाडि महानगरले नेपाल–भारत साहित्य महोत्सव गरेको समेत स्मरण गरेका थिए । मेयर कोइरालाले विराटनगर प्रज्ञा प्रतिष्ठानको तयारीमा समेत महानगर लागेको प्रस्ट पारे । “महानगरले चिल्ला सडक, ठूला भवन बनाउनेतर्फ मात्रै ध्यान दिएको छैन, भाषा, साहित्य र संस्कृतिको सँगसँगै विकास गर्ने योजना बनाएको छ” “त्यसका लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी भइरहेको छ । कार्यविधि र नियमावली बनिसकेको छ । आगामी नगरपरिषदमार्फत नियमावली पास गरेर प्रज्ञा प्रतिष्ठान गठन गर्नेछौं । अनि भाषा, साहित्य र संस्कृतिको सबै काम त्यही प्रतिष्ठानले गर्नेछ । कोइरालाले बताए ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्यमा योगदान पु¥याएबापत साहित्यकार प्रा.डा. गोपाल भण्डारी र कवि टीका आत्रेयलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले भण्डारीलाई २५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार’ र आत्रेयलाई १५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र प्रतिष्ठानकी संरक्षक सरला चापागाईंले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदानगरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार विवश पोखरेल, खेम नेपाली, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, महासचिव दिङ्लाली कान्छो, साहित्यकार कविता केशरी, कलाकार राजेश थापा, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले नेपाली भाषा र साहित्यको विकासमा नरेन्द्र चापागाईंको योगदान महत्वपूर्ण रहेको बताएका थिए । प्रतिष्ठानले हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहित सम्मान गर्दै आएको छ ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...