विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाको एक उद्योगमा शुक्रबार बिहानका रातिदेखि भीषण आगलागी भइरहेको छ ।
आगो नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास असफल भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा बिहानको राति २ बजेदेखि आगलागी सुरु भएको हो ।
आगो नियन्त्रणमा लिने ६ घण्टादेखिको प्रयास सफल भइरहेको छैन । बिजुलीको बल्ब र स्वीच निर्माण गर्दै आएको उद्योगमा अचानक आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि १२ वटा दमकल सहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटना स्थलमा रहेर नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्धत गरिरहेका छन् ।