जेठमा पाँच नेपाली चलचित्र

जेठमा पाँच नेपाली चलचित्र

 राष्ट्रिय डेली

 

विराटनगर । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ । जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ भने २६ गते ‘नीरफुल’ प्रदर्शन गरिने घोषणा गरिएको छ ।

निर्देशक रामराघव आचार्यले आफूहरूले प्रदर्शनको मिति घोषणा गर्दा अन्य कुनै चलचित्र नरहेको जानकारी दिए । “हामी खाली मितिमा प्रदर्शन हुन् आएका हौँ । हाम्रो चलचित्र अन्य बनिरहेका भन्दा फरक छ”, उनले । प्रेमकथानक चलचित्रमा सुशील पोखरेल, स्व जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा वीना कार्की र सन्तोषकुमार राईले सो चलचित्र निर्माण गरेका हुन।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ पनि सोही मितिमा प्रदर्शनका लागि तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी डाकिनीका गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु जोङ्सार खिन्से रिम्पोछे निर्देशक रहेको उक्त चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको चलचित्र छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका छन ।

नेपाल प्रदर्शनको तयारी गरिरहेका निर्माता रवीन्द्र सिंह बानियाँले नेपालमा सिमित चलचित्रभवनमा मात्र प्रदर्शन गरिने जानकारी दिए । “गुरु आउनुभएको समय पारेर काठमाडौँमा मात्र प्रदर्शन गर्दैछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । यसले अन्य चलचित्रलाई फरक पार्छ भन्ने लाग्दैन”, उनले भने ।

जेठ १२ मा प्रदर्शन हुने चलचित्र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको बताइएको छ । शम्भु थापाको निर्देशन रहेको उक्त चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारले अभिनय छ ।

सोही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित छ । देव थापाको निर्देशन रहेको उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन ।

कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफुल’को प्रदर्शन मिति जेठ २६ गतेलाई तय गरिएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन।

“नीरफुलले भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छ”, निर्देशक वलले भने । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ ।

दुई सातामा चलचित्रको भीड देखिए तापनि अन्य साता भने खालीझैँ छन् । यसको कारण चलचित्र कम हुनु र विदेशी चलचित्रको प्रदर्शनका लागि सयम तोकिएकाले यस्तो भएको हुन सक्ने वितरक करण श्रेष्ठले जानकारी दिए ।

“ठूला विदेशी चलचित्रले गर्दा पनि जेठको तेस्रो र चौथो साता अन्य चलचित्रले प्रदर्शन घोषणा गरेका थिएनन् । अहिलेसम्म पनि अन्य चलचित्रबारे जानकारी छैन । बाँकी हप्ता खाली देखिनुमा निर्माण नै कम हुनु पनि हो”, वितरक श्रेष्ठले भने । उनका अनुसार जेठ २६ पछि असार १५ मा ‘परस्त्री’ प्रदर्शन हुने घोषणा भएको छ ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...