एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

 राष्ट्रिय डेली

 

विराटनगर । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् । डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ ।

देशका पहाडी जिल्लामा हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने क्रम जारी रहेकाले सावधानी अपनाउन मौसमविद् गोविन्द झाले आग्रह गरे । उनका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ । प्री–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ रहेको छ ।

चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न उहाँको सुझाव छ । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

adv-single
सम्बन्धित समाचार

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...