स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानहरुको गुनासो रहेको छ ।
गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएका थिए । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाएइदिएपछि उनी चिन्तामा छन् । “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उनले भने, “जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो ।” ‘एकजना अनिवार्य बाँदर कुर्न बस्नुपर्छ ।” “किसानहरु पालैपाले कुर्न बस्ने गर्छौँ, नगरपालिकाले सहयोग गरे त राम्रै हुनेथियो ।”
यस्तै छर्तिमा बेमौसमी मकैखेती तथा सयपत्री फूलखेती गरेका चन्द्रबहादुर राना ‘चित्र’ को समस्या श्रेष्ठको भन्दा कम छैन । खानेबेला भएको मकैबारीमा बाँदरको हुल कहिले बल्लो र कहिले पल्लोटोडाँबाट पसेर दुःख दिएको उनको दुखेसो छ । “एक जना व्यक्तिले बाँदर धपाउन सकिने स्थिति छैन, दुई तीनजना नै हेरालो बस्नुपर्छ । ” उनले भने, “दिनभरका टन्टलापुरे घाम नभनी बाली जोगाउन बस्नैपर्छ नभए स्याहार्न पाइदैन ।” छेउछाउ, टोँडाटाँठडीको करिब एकसय बोट मकै बादरले सखाप परेको गुनासो उनले गरे ।
भाटीकै पार्वती पल्ली मगरले मकै छर्ने वित्तिकै माटो खोर्सेर मकैका गेडा बाँदरले खाइदिएकाले मकै छिमलो उम्रिएको बताइन ।, “केहीवर्ष पहिले वडाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याएको थियो, केही बाँदर त छोपेर चितवन राष्ट्रिय निकुञ्जतिर लगे तर अन्तका बाँदर यहाँ आएर दुःख दिए ।”
गल्याङ–३, का वडाध्यक्ष कृष्ण भट्टराईले बाँदर आतङ्क समस्या बढ्दै गएको बताएका छन् । । उहाँले उनले भने, “गल्याङमा उर्वरभूमि भएर पनि बाँदरका कारण किसानले खेती लगाउन छाडेका छन् ।