विराटनगर । विराटनगर जेसीजले “स्वच्छ संसारीमाइस्थान अभियान अन्तर्गत संसारीमाइस्थान सरसफाइ तथा गमला राख्ने कार्य सम्पन्न गरेको छ । विराटनगरको संसारीमाइस्थानमा आयोजित कार्यक्रममा उक्त क्षेत्र सरसफाइ तथा रङ्गरोगन गरिएको थियो भने विराटनगर जेसीजका सदस्यहरुबाट स्वतस्फुर्त रुपमा प्रायोजित गमला तथा बिरुवा रोपिएको थियो ।

विराटनगरको छुट्टै पहिचानका रुपमा रहेको संसारीमाइस्थानलाई सफा र हराभरा बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए । साथै समय समयमा गमला तथा बिरुवाहरुको सहि संरक्षण तथा अवलोकनमा समेत जेसीजले ध्यान दिने अध्यक्ष थापाको भनार्इ रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष कृष्ण मास्केले मन्दिर क्षेत्र संरक्षणमा युवाहरुले गरेको प्रयासको तारिफ गरेका थिए । साथै विराटनगर जेसीजका पुर्व अध्यक्ष हरि बहादुर श्रेष्ठले विराटनगर जेसीजले यस बर्ष गरेका गतिबिधीहरुलाई आफुले नजिकबाट नियालिरहेको र सम्पदा संरक्षण तथा प्रबर्द्धनमा विराटनगर जेसीज जोडिएको देख्न पाउँदा आफुलाई खुसी लागेको बताएका थिए ।

कार्यक्रमका संयोजक सरोज पौडेलले संसारीमाइस्थानलाई सफाइ गरेर गमला तथा बिरुवा राख्ने कार्यको जिम्मेवारी दिएको मा विराटनगर जेसीज बोर्डलाई धन्यवाद ब्यक्त गर्दै , आफुहरुको सानो प्रयासले मन्दिर सुन्दर देखिएको र आगामी दिनमा समेत यो अभियानलाई निरन्तरता दिन सबैले ब्यक्तिगत तथा सामुहिक रुपमा पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।
साथै उक्त कार्यक्रममा विराटनगर जेसीजमा जोडिएका नयाँ सदस्यहरुको समेत सपथ ग्रहण गराइएको थियो भने कार्यक्रमको संयोजनको जिम्मेवारी समेत नयाँ सदस्यहरुलाइ नै दिइएको थियो। कार्यक्रममा जेसीज बोर्ड , सदस्य, अब्जर्भर लगायतको उपस्थिती रहेको थियो ।