मेयर कोइरालाद्वारा नाला र पैनी सरसफाईको निरीक्षण

मेयर कोइरालाद्वारा नाला र पैनी सरसफाईको निरीक्षण

 राष्ट्रिय डेली

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गरेका छन् । सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहित पुगेका मेयर कोइरालाले महेन्द्र मोरङ क्याम्पस छेउ, शुक्रबारे हाटसहित च्याङबारी पैनीको निरीक्षण गरेकका हुन् ।

त्यस्तै उनले रानी सडक, आइसीपी, वडा नम्बर ६ र ११ स्थित नालाहरुको पनि निरीक्षण गरेकका थिए । वडा नम्बर ६ स्थित नहरको खुल्ला नालालाई १५ दिनभित्र बन्द गर्न योजना महाशाखा प्रमुख अर्जुन थापालाई निर्देशन दिएका छन् । साथै मेयर कोइरालाले विभिन्न वडामा जारी नाला सफाईको अवस्थाका विषयमा समेत जानकारी लिएका छन् । भएको थियो । उनले वर्षा सुरु हुनु अगाडि नै सबै पैनी र नाला सफा गरिसक्न निर्देशनसमेत दिएका छन्् ।

सो अवसरमा सम्बन्धित वडाका वडाध्यक्ष १६ का उद्धव भुजेल र ६ का हरिशचन्द्र सहनीको समेत सहभागिता रहेको थियो । वर्षौंदेखि नाला सफाई नहुँदा वर्षाको पानी सडकमा बस्ने गरेको थियो । जसका कारण सामान्य वर्षा हुँदा महानगरका अधिकांश क्षेत्र डुबान हुने गरेको थियो । पैनी र नाला सफाई गर्दा केही मात्रामा भए पनि डुबान समस्या समाधान हुने मेयर कोइरालाको भनाइ छ । महानगरले गत माघदेखि नै नाला सफाई अभियान जारी राखेको छ । अहिले पनि विभिन्न वडामा नाला र पैनी सफाई जारी रहेको छ ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...