दुहबी . नेपाली कांग्रेस दुहबी ४ को प्रथम वडा सम्मेलन आज सम्पन्न भएको छ।
वडा सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले पार्टिको शिर्ष नेतृत्वको मनोमानि र स्वैछाचारीताले संगठन चलायमान हुन नसकेको, भ्रस्टचार बिरुद्द आवाज उठाउनुको सट्टा मौन रहेको , बिकाश निर्माणका कार्यमा कार्यकर्ताको सुझाव नलिएको, युवा परिचालन चुनावी अस्त्र मात्रै भएको र उपेक्षा गरेको, अन्य दलमा पलायन हुन लागेका युवालाइ रोक्ने उपाय नखोजेको, पारदर्शिता नदेखाएको, पदिय दायित्व निर्वाह नगरि जिम्बेवारीबाट पन्छिने हुदा संगठनलाइ धरासायि बनाउने भ्रस्टाचार गरेको, संस्थागत बिद्यालयले दिने छात्राबृतिलाइ बिद्यालयले दुरुपयोग गर्दा बेखबर बनेको, लगायतsf आवाज उठाएका थिए।
दुहबीमा निर्वाचित जनप्रतिनिधिहरुले जनमुखि र बिकाशका धेरै योजना अगाडि सारेको र बिकशित नगरमा उन्मुख हुFदा पनि पार्टिका जिम्बेवार नेतृत्व हरुले प्रचार नगर्दा बिपरित पर्टिका कार्यकर्ताहरुले खेल्ने मौका पाएको हुदा उप्रान्त नेपालीकाँग्रेस दुहबीका सबै नेता कार्यकर्ताले एकजुट भएर बिरोधिहरुको भन्डाफोर अभियान चलाउनु पर्ने सुझाव दिएका थिए।
वडा अध्यक्ष मुस्तकिम मियाले आफु निर्वाचित भएर कार्यभार सम्हालेको आजकै दिन १ बर्ष पुरा भएको हुदा धेरै बिकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गरेको र आगामि दिनमा सबैलाइ समे6]र थप गतिमा अगाडि बढ्ने बिस्वास दिलाएका थिए।
कार्यबाहक वडा सभापती नारायण कार्किको सभापतित्वमा आयोजित सम्मेलनमा प्रमुख अतिथि तथा जिल्ला प्रतिनिधि कृष्ण कुमारि बिक, वडा अध्यक्ष तथा क्षेत्रीय कोषाध्यक्ष मुस्तकिम मिया, माहाधिबेशन प्रतिनिधि गुलाबि मिया लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन पर्वत मण्डलले गरेका थिए।
Post Views: 1