यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

 राष्ट्रिय डेली

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा लिन पाएका छन् । सिंहदरबार अब गाउँगाउँमा छ । विकासका धेरैजसो कामहरू वडा र पालिकाबाटै भइरहेका छन् । तर, नागरिकका आशा र अपेक्षा असीमित छन् र तीमध्ये कति पूरा हुन्छन् त कति हुँदैनन् । स्वभावैले मानिस असन्तोषी प्राणी हो र विकासको श्रेय पनि यही असन्तोषलाई नै जान्छ ।

संघीयतापछि देशमा दुई पटक स्थानीय तहको निर्वाचन भइसकेको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पनि दुई वर्ष बितिसकेको छ । यस अवधिमा विकासका थुप्रै कामहरू भएका छन् । आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूले के कसरी काम गरिरहेका छन् ? चुनावी प्रतिबद्धताअनुसार आफ्ना आशा र अपेक्षा कत्तिको पूरा गर्दैछन् ? नागरिकको चासोको विषय हो । यिनै विषयमा केन्द्रित रहेर राष्ट्रिय डेलीले उदयपुरको बेलका नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तीर्थराज अधिकारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश :

वडाध्यक्षको रूपमा अहिलेसम्मको तपाईंको अनुभव कस्तो छ ?
नेपाल अझै पनि संघीयता अभ्यासकै चरणमै छ । यस हिसाबले भन्दा हामी निर्वाचित भएर आएको पहिलो वर्ष सिकाइको वर्षका रूपमा रह्यो । पहिलो वर्ष सिकेको अनुभवले दोस्रो वर्ष पहिलो वर्षभन्दा केही बढी योजनाहरूका काम गरिरहेका छौं । वडाका लागि विनियोजित बजेट सीमित छ । स्रोतसाधनको अपर्याप्ताका बीच पनि हामी त्यसको अधिकतम प्रयोग गरेर काम गरिरहेका छौं ।

चुनावताका तपाईंको घोषणापत्रमा के कस्ता प्रतिबद्धताहरू गरिएका थिए र प्रतिबद्धताअनुसार के कति कामहरू भएका छन् ?
मेरो चुनावी घोषणापत्रमा मैले वडाको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदिका आधारमा आवश्यक र सम्भाव्य विकासका कार्यहरू गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ । यसअन्तर्गत सडक विस्तार र स्तरोन्नति, खानेपानीको समस्या समाधान, सिँचाइ आदिलाई प्राथमिकतासाथ समेटेको थिएँ । जनताले वडाध्यक्षमा निर्वाचित गरेर कार्यकाल सम्हालेयता यी क्षेत्रको विकासमा हामी सक्रियतापूर्वक लागिपरेका छौं । केही योजनाहरू सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा, केही निर्माणाधीन र केही निर्माण थालनीको प्रक्रियामा छन् । समग्रमा चुनावी घोषणापत्रअनुसार प्रतिबद्धताहरू केही पूरा भए र बाँकी क्रमशः पूरा गर्दै जानेछौं । साथै विकासका दृष्टिकोणले बेलका नगरपालिका वडा नं. ४ नगरपालिकाका ९ वटा वडामध्ये सबैभन्दा बढी विकास भएको वडा हो ।

विकास निर्माणअन्तर्गत कुन-कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
हामी निर्वाचित भएर कार्यकाल सम्हालेको दुई वर्षको अवधिमा विकासका कामहरू आवश्यकताअनुसार प्राथमिकीकरण गरेर अगाडि बढाइएका छन् । विगतमा बेलका नगरपालिका वडा नं. ४ का केही भूभागमा खानेपानीको चरम समस्या थियो । कार्यकालको पहिलो वर्ष हामीले खानेपानीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्‍यौं र अहिले खानेपानीको समस्या धेरै हदसम्म समाधान भएको छ । दोस्रो वर्ष हामीले सिँचाइको कामलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू अगाडि बढायौं र यसबीच केही सिँचाइ आयोजनाहरू बनिसकेका छन् भने केही बन्दैछन् । आगामी वर्ष हामी सडक विस्तार र स्तरोन्नतिको योजनामा छौं । हरेक वर्ष एउटा योजना सक्ने लक्ष्यसहित हाम्रो टिम लागेको छ ।

तपाईंको भनाइमा जनताको आशा र अपेक्षाअनुरूप काम भयो भन्ने हो ?
जनप्रतिधिप्रति स्वाभाविक रूपमा जनताका आशा र अपेक्षाहरू धेरै हुन्छन् । कतिपय ठूला योजनाहरू बनाउन वडाको क्षमताले नसक्ने अवस्था पनि हुन्छ । वडाको बजेटले धानेसम्म हामीले जनताका धेरैजसो आशा र अपेक्षा सम्बोधन गरेका छौं । र, ठूल्ठूला योजनाहरू नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष पुर्‍याएर आवश्यक बजेट माग गरी निर्माण गरेका छौं ।

नागरिकको आर्थिक समृद्धिका लागि वडाले के कस्ता कार्यहरू गरिरहेको छ ?
बेलका नगरपालिका वडा नं. ४ का केही भूभाग पहाडी क्षेत्रमा पर्छ । भौगोलिक विकटता र बजेट अभावका कारण विकासका कतिपय कामहरू गर्न चुनौतीपूर्ण छ । पहाडी क्षेत्रमा बेसार, बाँस र अम्रिसो, तराई क्षेत्रमा धान, गहुँ, तोरी, टप्पु क्षेत्रमा तरकारी खेतीमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी लागिपरेका छौं ।

वडाको आन्तरिक आम्दानीको अवस्था कस्तो छ ?
सीमित स्रोतसाधन, नागरिकहरूमा नीतिगत जानकारीको अभाव आदिका कारण हामी राजस्व संकलनको लक्ष्यमा पुग्न सकिरहेका छैनौं । यिनै कारणले कतिपय योजनाका काम घाटा बजेटमा पनि गर्नुपर्ने अवस्था छ । यस वर्ष हामीले वडाको क्षमताले नभ्याउने केही योजनाहरू संघीय र प्रदेश सरकारसँग माग पनि गरेका छौं ।

शैक्षिक क्षेत्र सुधारका लागि यहाँहरूको प्रयास के छ ?
हामी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आउँदै गर्दा बेलका नगरपालिका वडा नं. ४ मा रहेका दुईवटा सामुदायिक विद्यालयको अवस्था दयनीय थियो । हामी जिम्मेवारीमा रहेयता शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिएका छौं । अहिले दुवै विद्यालयको अवस्था राम्रो छ । विद्यार्थी संख्या बढेको छ भने पालिकाबाहिरबाट पनि केही विद्यार्थीहरू यहाँ आएर अध्ययन गरिरहेका छन् । शिक्षाको गुणस्तर पनि सुधार भएको नतिजाहरूले देखाएका छन् ।

वडामा केही युवाहरू लागुऔषध दुर्व्यसनमा पनि फसेको देखिन्छ, यसलाई न्यूनीकरण गर्न के कस्ता कदमहरू चाल्नुभएको छ ?
युवाहरू लागुऔषध दुर्व्यसनमा फस्नुको मुख्य कारण बेरोजगारी समस्या रहेको देखिन्छ । लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न हामीले नेपाल प्रहरीसँगको समन्वयमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमहरू गरेका छौं । वार्षिक दुई पटक यस्तो कार्यक्रम गर्ने गरेका छौं । वडामा नवजीवन सुधार केन्द्र छ । लागुऔषध दुर्व्यसनमा फसेका युवाहरूलाई त्यहाँ राखेर पनि यसबाट छुटकारा दिलाउने कोसिस गरेका छौं । केही युवाहरू सुधार केन्द्रबाट पुनर्जीवन पाएर अहिले व्यावसायिक काममा लाग्नुभएको छ । युवाहरूको बेरोजगारी समस्या समाधानका लागि हामीले सक्दो प्रयास गरेका छौं । व्यवसाय गर्न चाहने युवाहरूलाई वडाले सहयोग र सहजीकरण पनि गर्दै आएको छ ।

आगामी योजना के छ ?
बेलका नगरपालिका वडा नं. ४ का दूरदराजका केही भूभागमा विद्युतको समस्या छ । ती स्थानहरूमा पनि विद्युत विस्तार गरेर हामी यस वर्ष वडालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा छौं । त्यसैगरी वडाका केही कच्ची सडकहरूलाई पक्की गर्ने हाम्रो आगामी योजना हो ।

वडावासीलाई यहाँको सन्देश के छ ?
चुनावमा कुनै दलबाट उम्मेदवार रहे पनि निर्वाचित भएपछि जनप्रतिनिधि भनेका सबैका साझा हुन् । हामी निर्वाचित भएको दलको नभई नागरिकको मतले हो । हामी सबै नागरिकलाई समान व्यवहार गर्छौं । विकास साझा एजेण्डा हो । यसमा सबैको साथ र सहयोग चाहिन्छ । वडाको विकासका लागि सबै नागरिक र राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्छ र लाग्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

 

 

 

adv-single
सम्बन्धित समाचार

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...

रवि लामिछानेलाई अदालत पुर्याईयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...

‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...

रविलाई समात्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...

अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

  विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...

२० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोपमा इन्स्पेक्टर सहित ४ जना प्रहर्री अनुसन्धानमा

  विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु :मन्त्री पौडेल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...