१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । उनका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले बताए ।

यससँगै देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आह्वान गरिनेछ । ‘दुर्घटना परेर हातखुट्टा भाँचिनुका साथै अन्य बिरामी भएर एक–दुई महिनासम्म काम गर्न नसक्ने अवस्था पनि आउँछ । त्यस्तो अवस्थामा २० हजार सहयोग गर्न सकियो भने बिरामीका लागि ठूलै राहत हुन्छ,’ अध्यक्ष नवोदितले भने, ‘त्यसका लागि कार्यविधि बनाइनेछ । पारदर्शीका लागि स्मारिका र सामाजिक सञ्जालबाट रकमसहित सहयोग गर्नेहरूको नाम सार्वजनिक गरिनेछ ।’

प्रदेशभित्रै युनियनमा लामो समय काम गरेर धेरै सञ्चारकर्मी विदेशमा रहेको बताउँदै नवोदितले उनीहरूबाट पनि सहयोगको आश्वासन आएको बताए । धेरै युनियनकर्मीहरू सरकारी सेवामा पनि भएकाले पवित्र उद्देश्यले सुरु गरिएको अभियानमा सबैको साथ रहने उनले विश्वास व्यक्त गरे । ‘आजको भोलि अक्षयकोषले पूर्णता नपाउला तर सुरुवात गरेपछि कुनै न कुनै दिन पक्कै पूर्णता पाउनेछ,’ अध्यक्ष नवोदितले भने । अक्षयकोषले पूर्णता पाएपछि जिल्ला शाखाको सिफारिसमा प्रदेशभरिका युनियनमा आबद्ध पत्रकारहरूको दुर्घटना बिमासमेत गर्ने योजना रहेको उनले सुनाए ।

सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव संजीव वाग्ले र सचिव विनय बाह्राकोटी रहेका छन् । कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए । सोही बैठकले स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेको भनाइ छ । त्यस्तै युनियनका कोशी प्रदेशका १४ जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघ जिल्ला अध्यक्ष, कोशी प्रदेशबाट प्रेस युनियन र पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको उपस्थितिमा प्रदेश भेलासमेत आयोजना हुनेछ ।

त्यस्तै सचिव विनय बाह्राकोटीको नेतृत्वमा गठन गरेको कार्यदलले १४ वटै जिल्लाको युनियन र पत्रकारिताको अवस्था समेटेर तयार पारेको प्रतिवेदन अध्यक्ष नवोदितलाई हस्तान्तरण गरे । बाह्राकोटीको संयोजकत्वमा यसअघिको सचिवालय बैठकले ‘मिसन महासंघ’ नाम दिएर समिति गठन गरेको थियो ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...